NSW News

७ आश्विन २०८०, आईतवार
ENGLISH

मुख्यमन्त्री कार्यलयमा अख्तियारले छापा मारेपछि मुख्यमन्त्री राउत आक्रोसित , भने संघीयता विरोधीहरुले बदनाम गर्न खोजियो

मुख्यमन्त्री कार्यलयमा अख्तियारले छापा मारेपछि मुख्यमन्त्री राउत आक्रोसित , भने संघीयता विरोधीहरुले बदनाम गर्न खोजियो

जनकपुरधाम : संघीयता र प्रदेश सरकारलाई बदनाम गर्न अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले पूदेश २ का मुख्यमन्त्री कार्यालयमा छापा मारेका मुख्यमंन्त्री लालबाबु राउतले आरोप लगाएका छन् ।

‘बेटी बचाऊ, बेटी पढाऊ’ कार्यक्रममा भ्रष्टाचार भएको बैनामी उजुरीका आधारमा बर्दिबासबाट खटिएको अख्तियारको टोलीले मुख्यमन्त्री कार्यालयबाट कागजपत्र नियन्त्रणमा लिएलगत्तै राउतले अख्तियारको उक्त शैलीको विरोध गरेका हुन् ।

पत्रकारसँग कुरा गर्दै मुख्यमन्त्री राउतले भने, ‘जुन तरिकाबाट अख्तियारका मान्छे प्रस्तुत भए उनीहरूको नियत ठीक देखिएन । एकैपटक छापा मार्ने र मिडियामा भाइरल बनाउने कुरामा अरु नै तत्व मिलेका छन् । प्रदेश सरकारलाई बदनाम गर्ने र मुख्यमन्त्रीलाई बदनाम गर्ने नियतले यो भएको हो ।’

आफूले अख्तियारको शैलीका बारेमा प्रमुख आयुक्त प्रेमकुमार राईसँग फोन गरेर आपत्ति जनाएको समेत मुख्यमन्त्री राउतले बताए । उनले साइकल कम्पनीबाटै र बजार मुल्यभन्दा सस्तोमा खरिद गरेको दावी समेत गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0