NSW News

१० फाल्गुन २०८०, बिहीबार
ENGLISH

मुख्यमन्त्री राउतले आज सहजै विश्वास मत लिँदै, प्रतिपक्षीहरूले संसद् अवरोध गर्ने सम्भावना

मुख्यमन्त्री राउतले आज सहजै विश्वास मत लिँदै, प्रतिपक्षीहरूले संसद् अवरोध गर्ने सम्भावना

जनकपुरधाम : प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले आज सहज रूपमै विश्वासको मत प्राप्त गर्ने भएका छन् । प्रदेशसभा २ मा जनता समाजवादी पार्टी नेपालको दलका नेता समेत रहेका राउतले सत्ता साझेदार दलहरूका प्रदेशसभा सदस्य सँख्याका भरमा सजिलै विश्वासको मत प्राप्त गर्ने भएका हुन् ।

मुख्यमन्त्री राउतले संविधानको धारा १८८ को २ अनुसार मंगलबार विश्वासको मत लिन संसद् बैठक बोलाइएको हो । एउकतिहाइ सांसदले हस्ताक्षर गरेर संसद्को विशेष अधिवेशन बोलाउन सकिने आह्वान मुख्यमन्त्रीले विश्वासको मत लिँदा आकर्षित नहुने हुँदा यो संसद्को नियमित अधिवेशन बोलाइएको हो ।

प्रदेशसभामा कायम रहेका एक एक सय चार सदस्य सँख्या सरकारको नेतृत्व गर्ने जनता समाजवादी पार्टी नेपालका ३८, सत्ताका घटकहरू काँग्रेसका १९ र नेकपा माओवादी केन्द्रका ८ तथा सत्तामा जान प्रतक्षिारत्त दल नेकपा९एकीकृत समाजवादी० का १३ गरी ७८ जना सदस्यको सुविधाजनक मत मुख्यमन्त्री राउतका पक्षमा आउने प्रायः निश्चित छ ।

मुख्यमन्त्रीको दल विभाजन भएमा वा सरकारमा सहभागी दल समर्थन फिर्ता भएमा मुख्यमन्त्रीले ३० दिनभित्र प्रदेशसभाबाट विश्वास मत लिनुपर्ने प्रावधान छ । मुख्यमन्त्री राउतको पार्टी विभाजित भएर लोकतान्त्रिक समाजवादी पार्टी नेपाल गठन भएको छ । त्यसलै मुख्यमन्त्री राउतलाई विश्वासको मत लिने संवैधानिक बाध्यता छ ।

प्रदेशका अर्थमन्त्री शैेलेन्द्रप्रसाद साहले मुख्यमन्त्री राउतले सहज तरिकाले विश्वास मत हासिल गर्ने जनाए ।
प्रदेशसभामा प्रमुख प्रतिपक्षी दल लोकतान्त्रिक समाजवादी पार्टी नेपालका नेता जितेन्द्र सोनलले राउत सरकार अवैधानिक भएको दाबी गरेका छन् ।

उनले जसपा नेपालबाट छुट्टिएर लोसपा नेपालले भदौ ९ गते नै निर्वाचन आयोगबाट राजनीतिक दलको मान्यता पाएकाले ३० दिनभित्र विश्वासको मत लिनुपर्ने संवैधानिक प्रावधान उल्लंघन भएको हुँदा बीचको अवधिमा अवैधानिक सरकारले काम गरेको टिप्पणी गरे । उनले भने, ‘कानुनविज्ञहरूसँग परामर्श भइरहेको छ । यस विषयमा कसरी टुंगो लगाउने भन्ने तय हुन्छ ।’

नेता सोनलले मंगलबार विश्वासको मत लिनेक्रममा संसद् अवरुद्ध गर्ने चेतावनी दिए । प्रदेशसभाका प्रतिपक्षी दल नेकपा एमालेले पार्टी विभाजनका लागि संघीय सरकारले अभ्यादेश ल्याएको, सरकार गठनका लागि अदालत प्रयोग गरेको र जानकी मन्दिरको गरिमाविरुद्ध प्रदेश सरकारले काम गरेकाले मुख्यमन्त्रीले विश्वासको मत लिनेक्रममा विपक्षमा मतदान गर्ने जनाएको छ ।

मुख्यमन्त्रीलाई विश्वासको मत लिन प्रदेशसभामा कायम सदस्य संख्याको ५० प्रतिशत अर्थात् ५३ मत आवश्यक छ । जनता समाजवादी पार्टी नेपाल विभाजन भएपछि कुनै पनि पक्षमा सनाखत नगरेका सभामुख सरोजकुमार यादव जसपा नेपालकै सदस्यमा गणणा भए पनि मंगलबार सभा सञ्चालनबाहेक उनको भूमिका हुने छैेन ।

सत्ता गठबन्धन संरचना र सदस्य संख्याका आधारमा सरकारका पक्षमा बहुमत रहेकाले उनले निर्णायक मत दिनुपर्ने अवस्था आउँदैन । कुनै पनि प्रस्तावमा बराबर मत भएमा मात्र सभामुखले निर्णायक मत दिने संवैधानिक व्यवस्था छ ।

प्रदेशका अर्थमन्त्री शैेलेन्द्रप्रसाद साहले मुख्यमन्त्री राउतले सहज तरिकाले विश्वास मत हासिल गर्ने बताए ।

संसदमा विश्वासको मत प्रस्तुत भएमा संघीय संसद्को परम्पराअनुसार सभामुखले तनावका बीच मत विभाजन गराएर निर्णय गर्न सक्नेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0