NSW News

११ आश्विन २०८०, बिहीबार
ENGLISH

मोटरसाइकल चोरी गरेर भाग्दै गरेका दुई पक्राउ

मोटरसाइकल चोरी गरेर भाग्दै गरेका दुई  पक्राउ

चैत ०१ जनकपुर ।
जनकपुरधामबाट २ वटा मोटरसाइकल चोरी गरेर भाग्दै गरेका दुई युवकलाई प्रहरीले पक्राउ गरेको छ ।जनकपुरधाम उपमहानगरपालिका-५ स्थित महावीर चोकमा पार्किङ गरी राखेको मोटरसाइकल चोरेर भाग्दै गर्दा उनीहरुलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
प्रदेश २–०३–००९ प २९२६ नम्बरको सुपर स्प्लेन्डर मोटरसाइकल लगिरहेका सिरहाको मिर्चैया नगरपालिका- २ का २० बर्षीय अर्जुन यादव र बा. ९६ प. ९७८० नम्बरको मोटरसाइकल लगिरहेका सोही ठाउँका १९ बर्षीय दीपेन्द्र यादवलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता डीएसपी जितेन्द्र बस्नेतले जानकारी दिए । शंका लागेर सोधपुछ गर्दा उनीहरुले महावीर चोकस्थित भित्री गल्लीमा पार्किङ गरेको मोटरसाइकल चोरी गरेर भाग्न लागेको देखिएकाले नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ । उनीहरुलाई ७ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अदालतबाट अनुमति लिएको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0