NSW News

३ श्रावण २०८१, बिहीबार
ENGLISH

यातायात व्यवस्था कार्यालय जनकपुरबाट बिचौलिया सुवास राउत पक्राउ

यातायात व्यवस्था कार्यालय जनकपुरबाट बिचौलिया सुवास राउत पक्राउ

जनकपुरधाम । धनुषा प्रहरीले यातायात व्यवस्था कार्यालय जनकपुरबाट एकजना बिचौलियालाई पक्राउ गरेको छ।
प्रहरीले जनकपुरधाम उपमहानगरपालिका १४ का २६ वर्षीय सुवास कुमार राउत पक्राउ गरेका हुन् । यातायात व्यवस्था कार्यालय जनकपुरमा आउने सेवाग्राहीहरूसँग काम छिटो छरितो गराइदिन्छु भनी आर्थिक लाभ लिई बिचौलियाको काम गरिरहेको छ भन्ने सूचनाका आधारमा खटिएको प्रहरी उनलाई बिहीबार २ बजे पक्राउ गरेको हो ।

शुक्रवार यातायात कार्यालयमा सेवाग्राहीहरूसँग बार्गेनिङ गरिरहेको अवस्थामा राउतलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । पक्राउ परेका राउतमाथि थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0