NSW News

५ बैशाख २०८१, बुधबार
ENGLISH

यात्रुले सुटकेसको ह्‌यान्डल नै सुनको बनाएर ल्याए पछि

यात्रुले सुटकेसको ह्‌यान्डल नै सुनको बनाएर ल्याए पछि

काठमाडौँ | थाइल्यान्डबाट नेपाल आएका एक यात्रुले सुटकेसको ह्‌यान्डल नै सुनको बनाएर ल्याएको पाइएको छ । शुक्रबार नेपाल एयरलाइन्समार्फत नेपाल आएका राकेश तुलाधरलाई त्रिभुवन विमानस्थल भन्सार कार्यालयले नियन्त्रणमा लिएको हो ।
तुलाधरले प्रयोग गरेको सुटकेसलाई भन्सार अधिकृतले चेकजाँच गर्ने क्रममा सुटकेस उचाल्न प्रयोग हुने ह्‌यान्डल साइडको भित्र पटिेट शंकास्पद धातु रहेको पाइएपछि सुटकेस च्यातेर हेर्दा करिव ५ इन्च लम्बाइ र १ इन्च चौडाइ भएको सुन फेला परेको हो ।
उक्त सुनको कुल तौल २६७.४ ग्राम रहेको बताइएको छ । घटनामा तुलाधर मात्र संलग्न छन् या अन्यको पनि संलग्नता रहेको छ भन्ने विषयमा अनुसन्धान भइरहेको भन्सार कार्यालयले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0