NSW News

२० फाल्गुन २०८०, आईतवार
ENGLISH

योग्यता नपुगेको प्रमाणित भएपछि उच्च अदालतकी न्यायाधीश रेणुका साह बर्खास्तः

योग्यता नपुगेको प्रमाणित भएपछि उच्च अदालतकी न्यायाधीश रेणुका साह बर्खास्तः

काठमाडौं । पूर्व प्रधानन्यायाधीश रामकुमार प्रसाद शाहकी छोरीसमेत रहेकी रेणुका शाहलाई २०७५ साल चैत २० गते तत्कालीन प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले योग्यता नै नपुगेपनि उच्च अदालतको न्यायाधीशमा नियुक्ति दिएका थिए । नियुक्ति लिएको करिब ४ वर्षपछि शाहलाई अयोग्य भन्दै बर्खास्त गरिएको छ I
न्यायपरिषदले उच्च अदालत, तुलसीपुरको बुटबल इजलासमा कार्यरत न्यायाधीश रेणुका साहलाई बर्खास्त गर्न कायममूकायम प्रधानन्यायाधीश समक्ष सिफारिस गरेको छ ।
शुक्रबार बसेको न्यायपरिषदको बैठकले बर्खास्तीका लागि सिफारिस गरेकी साह पूर्व प्रधानन्यायाधीश रामकुमार प्रसाद साहकी छोरी हुन् । २०७५ सालमा न्यायाधीश नियुक्त भएकी साहविरुद्ध कानून व्यवसायमा कुनै अनुभव नभएको भन्ने आरोपमा उजुरी परेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0