NSW News

१६ आश्विन २०८०, मंगलवार
ENGLISH

यौन क्रियाकलापमा संलग्न ओभरसियर महतोसहित युवती पक्राउ

यौन क्रियाकलापमा संलग्न ओभरसियर महतोसहित युवती पक्राउ

जनकपुरधाम। यौन क्रियाकलापमा संलग्न रहेको आरोपमा एक जना ओभरसियरसहित दुइजनालाई धनुषा पहरीले पक्राउ गरेको छ ।

जिल्लाको मिथिला नगरपालिकामा ओभरसियर पदमा कार्यरत दिलिप महतो र एक जना युवतीलाई अवैध यौन क्रियाकलापमा संलग्न रहेको आरोपमा इलाका प्रहरी कार्यालय ढल्केवरले सोमबार पक्राउ गरेको हो ।

उनीहरुलाई पूर्व–पश्चिम राजमार्गअन्तर्गत मिथिला नगरपालिका–३ स्थित मधु आयल निगम नजिकै रहेको शुभ मिथिला होटल एण्ड गेष्ट हाउसबाट प्रहरीले पक्राउ गरेको बताइएको छ ।

स्रोतको अनुसार अविवाहित ओभरसियर महतो एक अपरिचित युवतीलाई लिएर गेष्ट हाउस प्रवेश गरी यौन क्रियाकलापमा गरिरहेकै अवस्थामा स्थानीय युवाहरुले नियन्त्रणमा लिएर प्रहरीमा बुझाएको थियो ।

पक्राउ परेका ओभरसियर महतो र उक्त युवती चिनजानको साथी भएको र समहमतीमै गेष्ट हाउस प्रवेश गरेकाले उनीहरुको अभिभावक बोलाएर जिम्मा लगाउने इलाका प्रहरी कार्यालय ढल्केवरले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0