NSW News

१० फाल्गुन २०८०, बिहीबार
ENGLISH

राजनीतिक क्रान्तिमा रुमलिएको देश नेपाल :डा.कमोद निराला

राजनीतिक क्रान्तिमा रुमलिएको देश नेपाल :डा.कमोद निराला

राजनीतिक क्रान्तीमा रुमलिएको देश नेपाल बिभिन्न मुलुकका बिभिन्न राजनीतिमा अध्यन तथा अनुशन्धान कर्ताबाट बेलाबखतमा वहस पनी भएको सुन्निछ । कस्तो राजनीतिलाइ सुन्दर वा फोहरी भन्नेरु हामीमा यो पनी थाहा छ कि, कुनैपनि मुलुकमा स्थायित्व कायम हुनको लागी स्बच्छ राजनीति अति आबश्यक हुने गर्दछ, जुन विश्व राजनीतिमा ज्बलन्त उदारण देख्न सकिन्छ ।
पछिल्लो समयमा पश्च्मिा मुलुक ताइवान, लिबिया हाम्रै छिमेकी मुलुक भुटान, चिन, भारत त्यस्तै खाडी मुलुक मलेशिया, दुबै, साउदीअरब, कतारले राजनीतिक स्थायित्व कायम गरेरमात्र आर्थिक, सामाजिक क्षेत्रमा विकासगरी बिश्वका शतिशाली मुलुकसँग प्रतिश्पर्धा गरिरहेका छन् । अर्कोतिर राजनीतिक अस्थिरताकै आक्रान्त बनिरहेका देशहरु पनी देख्न सकिन्छ ।
तर नेपालको सन्र्दभमा राजनीतिलाइ शुन्दरखेलमा परिभाषित गर्ने कि फोहरीखेल भनी परिभाषित गर्ने, यसमा कुनै दुबिद्धा छ जस्तो मलाइ लाग्दैन, किनभने नेपालको पछिल्लो राजनीतिक गतिबिधि बाटनै स्पष्ट छ । यो मानेमा महिले राजनीतिलाइ फोहरीखेल नै हो भनि अर्थयाउन चाई खोजेको हुदै हैन, शैद्धान्तिकरुपमा राजनीति फोहरीखेल हुनैसक्दैन, तर ब्याबहारिकरुपमा राजनीतिलाइ फोहरीखेल बनाइन्छ । यही फोहरीखेलकाृे भुमरीमा घुमिरहेको छ नेपालको राजनीति ।
नेपालको राजनीतिक इतिहासमा आर्थिक तथा सामाजिक परिर्बतनको नाराको नाममा दशकँोै वर्ष राजनीतिक आन्दोलनमा नै व्यतित भयो । २००७ साल देखि २०७६ साल सम्मको राजनीतिक इतिहास लाइ फर्केर नियाल्ने हो भने राजनीतिक परिर्वतन वाहेक अरु क्षेत्रमा खासै सुधार हुन नसक्नु आफैमा निराशाजनक छ नै भन्ने गरिन्छ, राजनीतिक स्थायित्व नै विकाश र सम्बृद्धीको पहिलो खुड्किलो हो ।
तर एकातिर फितलो राज्यब्यबस्था अनि असक्षम नेतृत्व यसैको पेरिफेरिमा रुमलिएको छ राजनीति, एकपल्ट पछि फर्केर नेपालको राजनीतिक इतिहास लाइ नियाल्दा राणाशासन अन्त्यका लागी प्रजातन्त्र स्थापनाको आन्दोलन, जुन जनताको नैशर्गिक अधिकार प्रत्याभूतिसहित स्वतन्त्रताको राजनीतिक आन्दोलन थियो, जुन सफल पनी भयो ।
त्यस पश्चात प्रजातान्त्रिक गठबन्धनको नेतृत्वमा सरकार पनी बन्योे, धेरै जनमतको साथ आशा र भरोशामा बनेको सरकार राजनीतिक कुकर्म अनी असक्षम नेतृत्वकै कारण धेरै समय टिक्न सकेन । समयँसंगै २०१६ सालमा भारी मतका साथ बी.पी. कोइराला प्रधानमन्त्री निर्बाचित भए । ठुलो अभिलाशा, बिश्वास र आशामा बनेको सरकार वर्ष दिनमै शाहीशासकको नजरमा परे ।
यही आन्दोलननै आन्दोलनको चक्करमा २०२६–२७ तिर परिर्वतनको नाममा झापा आन्दोलन भयो, निर्दोश जनताले त्याग गरे, बलिदान गरे । परिर्वतनकै नाममा २०३६ मा जनमतसंग्रह गरियो, शासनब्यवस्था फेरियो तर शैलि फेरिएन, यो समयसम्म धेरै राजनीतिक दल नेपालमा स्थापित भइसकेका थिए, यिनीहरु बिचमा बैचारिक बहसको वाकयुद्ध चलिरहेकै थियो ।
कोहि शासन गर्न ब्यस्त थिए, कोही राज्यब्यबस्था परिर्बतनको एजेन्डा बोकेर सडकमा भौतारिरहेका थिए । यतिका समयसम्म पनी जनताको आधारभुत आवश्यकता साथै अर्थतन्त्रमा कुनै किसिमको सुधार हुन सकेको थिएन । यस्तै भुमरीमा खेलिएको खेलले दशकको मध्यावधी नागीसकेको थियो ।
२०५१ सालपछी शासनब्यबस्था र राज्यब्यबस्था उल्टाउन तात्कालिन माओबादीको नेतृत्वमा ब्यापक आन्दोलन भयो, १७००० को बलिदानकै भरमा दशकौँको राजतन्त्र अन्त्यगरी नँँया लिखित संबिधान, लोकतन्त्र तथा गणतन्त्र स्थापना गर्ने सहमतीसहित बिस्तृत शान्ती सम्झौता भयो । यसरी संबिधान निर्माणको लागी करिब दश बर्ष बित्यो ।
एकातिर आन्दोलननै आन्दोलनले वाक्कदिक्क भएका जनता संंविधान निर्माणपछी देशमा सुख शान्ती सम्बृद्धीको अपेक्षा ठुलै थियो । तर करिब आधा दर्जन सरकार परिर्वतन भए, शासन पद्धति अनी शैलिमा खासै फरक देखिएन, लोकतन्त्र र गणतन्त्र स्थापनापश्चाप जुन किसिमले सर्बाङगीण विकासको अपेक्षा अनुरुप न बिकास नै भयो, न पहिलो संबिधान सभाबाट संविधाननै बन्यो ।
यस्तै राजनीतिक अस्थिरताको वावजुत पुन दोेश्रो संंविधानसभाको चुनाबसंगै संविधान सभामार्फत संविधान जारी गरी एसियाकै उत्कृष्ट संविधानको रुपमा दियो, तर मधेशकेन्द्धित दलको एक पक्षको असमहतीका वावजुत संविधान जारी गरीएको दिन बाटै मधेशमा आन्दोलनले उग्ररुप लियो ।
एकातिर सरकार संविधानले सबै पक्षको माग सम्बोधन गरिएको भन्दै संंबिधान शंसोधन गर्न सहमतीको वातावरण बनाउनुको सट्रटा आन्दोलन भड्किने किसिमका अभिव्यक्ति सरकार प्रमुख अनी माताहतकै मन्त्री बाट अभिब्यक्त भइरहे, अर्को तिर करिब ५० जना निर्दोश जनताको ज्यानलिदै मधेशकेन्द्रित जिल्लाहरुमा आन्दोलनको आगो बलिरहयो ।
दशकाँै देखीको सपना संविधानसभाबाट संविधान निर्माण गर्ने सपना के पुरा भएको थियो ? संबिधान मधेशकेन्द्रित जनताको भावना अनुरुप नआएको भन्दै छिमेकी मुलुकले असन्तुस्ट जनाउदै आप्नो तर्फबाट अघोषितरुपमा नाकाबन्दी लगायो । तात्कालिन सरकारप्रमुखवाट आएको समयसन्र्दभमा राम्रो भएतापनी नाकाबन्दी लागेको दश दिन नबित्दै हामी कति परनिर्भर रैछौ भन्ने औकात त देखि हालियो ।
यस पाठबाट पनी सिक्नुपर्ने, तर यस्तै–यस्तै गोलचक्र मा फसिरहयो । संबिधान निर्माण भए सँगै सरकार गठन भयो । स्थानीय तहसंगँै प्रतिनिधि सभाको चुनाब भयो । कम्युनीस्ट पाटीको बहुमत आयो । स्थिर सरकार सहित सुखी नेपाली सवृद्ध नेपालको नारा दिएको कम्युनीस्टको बहुमत आएसंगै दुई तिहाईको सरकार पनी गठन भयो ।
भलै जनताको ठुलो अभिलाषासहितको अपेक्षा बोकेर गठन भएको सरकारले अहिले शाशन पनी गरिरहेको छ, जुन आशा अपेक्षा सहित बनेको सरकार जुन गतिका साथ जनताका आबश्यकता अनि देशको परिर्बतन हुनुपर्ने थियो, बिडम्बना भन्नुपर्छ सो अनुसार कार्य भइरहेको छैन । दुई तिहाइ मत सहितको नेतूत्व गरेका के.पी. शर्मा ओलीको यात्रापनी दुई बर्ष पुगी सक्यो, यस समयसम्म आइपुग्दा जसरी जनताको अपेक्षा अनुरुप सरकार क्रियासिल हुनुपर्ने थियो सो अनुरुप नभइ बिभिन्न कान्डमा आलोचित बनेकोछ ।
यस मानेमा बिकाशनै नभएको भनेर आलोचित गर्न खोजेको हुदै होइन, तर ल्अभिि कान्ड, वाइडबडी कान्ड, सुन तस्करी कान्ड झनै पछिल्लो समयमा आएर बालुवाटार अथबा ललिता निवास कान्ड, ट्रष्टको नाममा रहेको करोडौ पर्ने सयौ बिघा जग्गा कौडीको भाउमा ब्यक्तिको नाममा सुम्पने जस्ता बिवादास्पद सम्झौता, नेपालको संबिधान बिपरीतरहेको मिलिलियन च्यालेन्ज कर्पोरेसन, विवादास्पद सूचना तथा सञ्चार बिधेयक, बिश्वकै सन्र्दभमा निकै संबेदनशिल मानिने तर बिना अध्ययन तथा अनुशान्धन, हचुवाकै भरमा युरोनियम उत्खनन सम्बन्धी बिधेयक ल्याउनु जस्ता अपरिपक्क कार्यले सरकार आलोचित बन्दै गइरहेको छ ।
यसरी माथी उल्लेखित नेपालको सामान्य घटानाक्रमलाइ नियाल्ने हो भने बिभिन्न आन्दोलनको भरमा राज्यब्यवस्था परिर्बतन अझ भन्नुपर्दा राजनीतिक परिर्बतन निकै भयो, ब्यवस्था फेरियो तर राजनीतिक परिर्बतनको वलमा आर्थिक परिर्बतन जुन गतिकासाथ हुनुपर्ने थियो सो अनुरुप हुन सकेन । आखिर यसका पछाडी के छ तरु मैले मेरो दृश्टिकोणबाट सधै भन्दै आएको छु कि, लोककल्याणकारी राज्य र स्थिर राजनीतिक स्थायित्व सहितको सुखी नेपाली सम्बृद्ध नेपालको परिकल्पनालाई साकार तुल्याउन राज्यब्यवस्था परिर्बतन भएर मात्र पक्कै सम्भब छैन ।
परिर्वतनको निमित्त देशका संबैधानिक सर्बोच्च निकाय तथा अन्य निकायमा योग्य अनी असल नेतृत्व स्थापित नभएसम्म राज्यब्यवस्था परिर्बतन गर्दैमा, संबिधानका धाराहरु परिर्वतन गर्दैमा, यो ब्यवस्था भएन वा त्यो ब्यबस्था भएन भन्दैमा नीति संग नियत मिलेनभने समग्र बिकासको परिकल्पना त गर्नै सकिदैन । हाम्रो देश नेपालमा राजनीतिक शिर्ष तहमा कुशल नेतृत्वको अभाब खड्किरहेकोबेला एक कुशल रुपातन्तरणकारी नेतृत्वकर्तामा क्षमता, इमान्दारिता, दुरदर्शीता जस्ता गुणहरु हुनै पर्दछ भन्ने पाठ सिकाउँछ ।
राजनीतिलाइ पेशा नबनाइ सेव तथाा भावको रुपमा लिदै इमान्दारिताका साथ आगामी पच्चीस तिस बर्षमा कस्तो देश बनाउने भन्ने सोच र चिन्तन नभएसम्म जनताले चाहे अनुरुपको परिर्बतन हुनै सक्दैन । राजनीतक शिर्ष तहमा कुशल नेतृत्वको अभाब खड्किरहेको बेला अब एउटै बिकल्पको रुपमा कि त अहिले शासन गरिरहेका नेतृत्वकर्तामा सद्बुद्धीसहित सच्चिनै पर्दछ, अन्यथा बिकल्पकोरुपमा जनता फेरी परिर्बतनकै लागी सडकमा उक्रिने छन् ।
सम्रग बिकासको लागी राजनीतिक स्थायित्व हुनैपर्दछ, तर राजनीतिक स्थायित्व भएरपनी परिर्बतनको नतिजा नआउनुमा स्वभाबैले नै हामी भन्नसक्छौ कि असफल हुनुमा अशक्षम नेतृत्वनै हो । नेपालको सन्र्दभमा राजनीतिलाइ लाजनीति नबनाइ अथबा राजनीतिलाइ पेशा नबनाइ सेवा भाबको रुपमा स्थापित गरी नेतृत्वकर्तामा सद्बुद्धी सहितको नयाँ दर्शन तथा चिन्तनका साथ मनैदेखी लाग्ने हो भने राजनीति लाई माथी उल्लेखित नेपालको राजनीतिक दृश्तान्त अनी नेतृत्वकर्ताको ब्यवहारले गर्दा नेपालको सन्दर्भमा फोहोरीखेलमा परिणत भएको राजनीतिलाइ पक्कैपनी सुन्दर बनाउन सक्नेमा कुनै दुईमत छैन ।
अझैपनी समय छ नै, आउदो पन्ध्र विस वर्षमा बिकास र सम्बृद्धीलाइ ख्यालराख्दै सोचेअनुरुपको अथवा जनताले चाहे अनुरुप लोककल्याणकारीराज्यको परिकल्पना गर्न सकिन्छ । हाम्रै जिबनकालमा नै परिर्वतन हेरेरै मर्ने सपना पुरा हुने थियो । नेपाली जनताको राजनीतिप्रती घृणा तथा न्यून जोस जागर ब्याप्त भइरहैको बेला, त्यस किसिमको सद्बुद्धी सरकार अनी सबै सरोकारवालामा पुगोस् । अनी हामी पनी छाती ठुलो बनाएर गौरबका साथ भनौँला असल नेतृत्वसहितको राजनीतिक स्थिरता भएको सुन्दर देशमा सुन्दर राजनीतिक खेल ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0