NSW News

६ असार २०८१, बुधबार
ENGLISH

राजर्षि जनक विश्वविद्यालय सेवा आयोगको कार्यालयमा शिक्षकले गरे तालाबन्दी ,सेवा आयोगका सदस्य साहलाई विज्ञापन सम्बन्ध केही थाहै छैन

राजर्षि जनक विश्वविद्यालय सेवा आयोगको कार्यालयमा शिक्षकले गरे तालाबन्दी ,सेवा आयोगका सदस्य साहलाई विज्ञापन सम्बन्ध केही थाहै छैन

पुस ५ गते ।
जनकपुरधाम : जनकपुरधामस्थित राजर्षि जनक विश्वविद्यालयको सेवा आयोगको कार्यालयमा पेपर (कोर्ष) कन्ट्रयाक्टका शिक्षकहरुले आजदेखि अनिश्चितकालका लागि तालाबन्दी गरेका छन् ।

विश्वविद्यालयले उप(प्राध्यापक पदका लागि सेवा आयोगले विज्ञापन आह्वान गरेपछि उनीहरुले सेवा आयोगको कार्यालयमा ताला लगाएका हुन् । उनीहरुले सेवा आयोगका अध्यक्ष प्रा. डा. शैलेन्द्र लाभको कार्यकक्ष, सदस्य र लेखा शाखामा समेत ताला लगाएका छन् ।

आफूहरु विश्वविद्यालयको स्थापना कालदेखि नै कार्यरत रहेपनि त्यसतर्फ ध्यान नदिएर विज्ञापन आह्वान गरेको पेपर कोर्ष कन्ट्रयाक्टका शिक्षक संघका उपाध्यक्ष शम्भु पोखेरेलले बताउनु भएका हुन् । ‘यहाँ कार्यरत अधिकांस शिक्षकको उमेर हद पनि पूरा हुन लागेको छ,’ उनले भने, ‘त्यसलाई ख्यालै नगरी नयाँ भर्नाका लागि विज्ञापन आह्वान गरेपछि हामी बाध्य भएर ताला लगाएका हौं ।’

आफूहरुलाई स्थायी गर्न पटक–पटक आग्रह गरेको र त्यसका निम्ति आन्दोलन गर्दै आएपनि त्यसलाई वेवास्ता गरेको अध्यक्ष यादवले बताए । ‘विज्ञापन आह्वान गर्दा उमेर र अनुभवलाई पनि ग्राह्यता दिनुपर्थ्यो, त्यो पनि दिएको छैन,’ उपाध्यक्ष पोखेरेलले गुनासो पोखेका छन् ।

यता सेवा आयोगका सदस्य अनिलकुमार साहसंग कुरागर्दा उहाले भने यस विज्ञापन सम्बन्धमा केही जानकारी छैन । सेवा आयोग अध्यक्ष र विश्व विधालयक सदस्यको सहमतिमा हुन सक्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0