NSW News

३ श्रावण २०८१, बिहीबार
ENGLISH

राजस्व चुहावट नियन्त्रण प्रभावकारी बनाउन निर्देशन

राजस्व चुहावट नियन्त्रण प्रभावकारी बनाउन निर्देशन

राजस्व चुहावट नियन्त्रण प्रभावकारी बनाउन निर्देशन

काठमाडौं । राजस्व चुहावट नियन्त्रणमा प्रभावकारी रुपमा खट्न उप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णु पौडेल र उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले मातहतका निकायलाई निर्देशन दिएका छन् ।बुधबार केन्द्रीय राजस्व चुहावट नियन्त्रण समितिको बैठक बसेको छ । बैठकमा दुवै मन्त्री उपस्थिति भए । बैठकमा नेपाल राष्ट्र बैंकका गभर्नर, अर्थसचिव, राजस्व सचिव, सुरक्षा निकायका प्रमुख र राजस्व प्रशासन सम्बद्ध विभागका महानिर्देशकहरुको उपस्थिति रहेको थियो ।

बैठकमा अर्थमन्त्री पौडेलले राजस्व संकलनका हिसावले नेपाल अहिले चूनौतिपूर्ण घडीमा रहेको बताए । उनले सबैले आ–आफ्नो जिम्मेवारी अनुरुपको जिम्मेवारी इमानदारीपूर्वक सम्पादन गर्न निर्देशन दिए । उनले राजस्व संकलनमा देखिएको न्यूनतालाई पूर्ति गर्न समेत निर्देशन दिए ।राजस्व संकलनमा तुरुन्तै सुधार आउनु पर्ने भन्दै उनले यसमा राजनीतिक नेतृत्वबाट आवश्यक पर्ने सबै प्रकारको सहयोगका लागि आफु तयार रहेको बताए ।बैठकमा गृहमन्त्री लामिछानेले सीमा नाकामा हुने राजस्व चुहावट नियन्त्रण गर्ने काममा गृह मन्त्रालयको सक्रियतामा कुनै कमी नहुने आश्वासन दिए । उनले सुरक्षा निकायका प्रमुखलाई तत्काल कार्ययोजना बनाएर काम समेत समेत निर्देशन दिए । उनले कर्मचारीलाई कुनै राजनीतिक दवाव र प्रभावमा नपरी ढुक्कसँग उच्च मनोवलका साथ काम गर्न समेत निर्देशन दिएका छन् ।नेपालमा राजस्वबाट संकलित रकमले चालु खर्च समेत धान्न नपुग्ने अवस्था आएसँगै अहिले सरकार दबावमा रहेको छ । भन्सार र आन्तरिक दुवै राजस्वमा उल्लेख्य कमी आएको छ । जसका कारण सरकारले ऋणमा भर पर्नुपर्ने अवस्था छ । यसो हुनुमा राजस्व चुहावट हुनु समेत कारण रहेको निष्कर्ष छ । उता, आन्तरिक राजस्व विभागले समेत अहिले बजार अनुगमन तीव्र बनाएको जानकारी दिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0