NSW News

१६ आश्विन २०८०, मंगलवार
ENGLISH

राष्ट्रिय स्वतन्त्र पार्टीद्धारा २१ सदस्यीय केन्द्रीय कार्यसमिति सदस्यको नाम सार्वजनिक

राष्ट्रिय स्वतन्त्र पार्टीद्धारा २१ सदस्यीय केन्द्रीय कार्यसमिति सदस्यको नाम सार्वजनिक

राष्ट्रिय स्वतन्त्र पार्टीले २१ सदस्यीय केन्द्रीय कार्यसमिति सदस्यको नाम सार्वजनिक गरेको छ । शुक्रबार निर्वाचन आयोगले दर्ताको प्रमाणपत्र दिएपछि राष्ट्रिय स्वतन्त्र पार्टीका प्रवक्ता मुकुल ढकालले एक विज्ञप्ति जारी गरी केन्द्रीय समितिका २१ जनाको नाम सार्वजनिक गरेका हुन् ।
लामिछानेको नेतृत्वमा २१ सदस्यीय केन्द्रीय कमिटी बन्नेछ । जसमा प्रवक्ता बाहेक पदाधिकारी हुने छैनन् । पार्टीको पहिलो बैठकबाट ढकाललाई प्रवक्ताको जिम्मेवारी दिइएको छ । प्लेन तदर्थ समितिको बनाएको राष्ट्रिय स्वतन्त्र पार्टीले भातृ संगठन पनि नबनाउने नीति लिएको छ ।
उक्त पार्टीमा कार्यकर्ता नभई सदस्य मात्रै छन् । राष्ट्रिय स्वतन्त्र पार्टीले एक वर्षपछि पार्टीले महाधिवेशन गर्नेछ । महाधिवेशन नभएसम्म सभापति र प्रवक्ता बाहेकका पदाधिकारी हुने छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
1
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0