NSW News

१० फाल्गुन २०८०, बिहीबार
ENGLISH

राष्ट्रिय स्वतन्त्र पार्टी निर्वाचन आयोगमा दर्ता, चुनाव चिह्न – ‘गोलाकारभित्र घण्टी’

राष्ट्रिय स्वतन्त्र पार्टी निर्वाचन आयोगमा दर्ता, चुनाव चिह्न – ‘गोलाकारभित्र घण्टी’

काठमाडौँ — रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टी निर्वाचन आयोगमा दर्ता भएको छ । शुक्रबार निर्वाचन आयोगले उक्त पार्टीलाई मान्यता दिएको हो ।
दल दर्ता भएसँगै उक्त पार्टीलाई चुनाव चिह्न ‘गोलाकारभित्र घण्टी’ दिइएको आयोगका प्रवक्ता शालिग्राम पौडेलले जानकारी दिए । राष्ट्रिय स्वतन्त्र पार्टीसँगै निर्वाचन आयोगमा दर्ता हुने दलको संख्या १८७ पुगेको छ ।
उक्त पार्टीले प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री र मुख्यमन्त्रीको प्रावधान अबलम्वन गर्ने घोषणा गरेको छ । निर्वाचनमा ‘राइट टु रिकल’को प्रबन्धको माग पनि आफूहरूको प्रमुख एजेन्डा भएको लामिछाने बताउँछन् । पार्टीले कुनै पनि भ्रातृ संगठन नबनाउने र व्यापारीहरुबाट चन्दा नउठाउने घोषणा लामिछानेले गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0