राैतहट। सक्कली काम गरेर छिटो धनी बन्न गार्हो छ। अहिले धेरैलाई छिटोभन्दा छिटो थाेरै समयमा धनी बन्नु छ । त्यसको लागि एउटै उपाय हो गलत , गैरकानुनी र नक्कली धन्दा । अझ यस्तो काममा हाम्रो सीमावर्ती क्षेत्रका भारतीयहरू अझ बढी सक्रिय देखिन्छन् । कहिले हतियारकाे धन्दा त कहिले नक्कली नाेटकाे धन्दा । यस्तै नक्कली धन्दाकाे काराेबारमा संलग्न रहेको एक जना भारतीय नागरिकलाई सशस्त्र प्रहरीले पक्राउ गर्न सफल भएको छ। बिहीबार बिहान पाँच बजेको समयमा सशस्त्र प्रहरीले ती नक्कली काराेबारमा संलग्नलाई पक्राउ गर्न सफल भएको हो । सशस्त्र प्रहरी बल मधेस प्रदेशका प्रमुख डिआइजिपी गणेश ठाडा मगरले जानकारी दिए अनुसार राैतहटकाे बंकुल बजारबाट नेपाली एक लाख एकतिस हजार छ सय रूपैयाँ बराबरको नक्कली नेपाली र भारतीय नाेट बरामद भएको छ। राैतहट बाेधीमाई नगरपालिका ७ बंकुल बजारमा साेही नगरपालिका ९ बस्ने वाल्मीकि साहकाे ठेला पसलमा चिया खांदै गरेको भारतीय नागरिकको गतिविधि शंका लागि चेकजाँच गर्दा उक्त नक्कली नाेट बरामद भएको डिआइजिपी मगरले जानकारी दिए। पक्राउ पर्नेमा भारतकाे बढापु ग्राम पंचायत असिसबखी कुमार गाउँ थाना बस्ने संजय सकसेना रहेका छन् । उनको साथबाट हजार दरको पचास थान नेपाली रूपैयाँ , दुई हजार दरको २३ थान भारतीय रूपैयाँ र पाँच सय दरको १० थान भारतीय रूपैयाँ बरामद भएको थियो । उक्त नाेटहरू नक्कली रहेको डिआइजिपी मगरले जानकारी दिए।
राैतहटमा नक्कली नाेटकाे धन्दा भारतीय नागरिक पक्राउ

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1
+1
+1