काठमाडौँ — रेल्वे विधेयक प्रतिनिधिसभाबाट पनि बहुमतले पारित भएको छ । राष्ट्रिय सभामा उत्पत्ति भएको विधेयक प्रतिनिधिसभाबाट पनि पारित भएको हो। प्रतिनिधिसभाको बुधबारको बैठकले रेल्वे विधेयकलाई पारित गरेसँगै नेपालमा रेल सञ्चालनमा देखिएका कानुनी अवरोध हट्नेछ ।
प्रतिनिधिसभाबाट पारित भएको नेपाल रेल्वे ऐन, २०७९ राष्ट्रपतिले प्रमाणीकरण गरेसँगै लागु हुने भएको छ ।
प्रतिनिधिसभाको बैठकमा स्वास्थ्य तथा जनसंख्यामन्त्री भवानीप्रसाद खापुङले रेल्वे विधेयक निर्णयार्थ प्रस्तुत गर्ने प्रस्ताव राखेका थिए ।
नेपालमा रेल्वे संचालनसँग सम्बन्धित कानुन नहुँदा जयनगर–जनकपुरमा रेल सञ्चालनमा समस्या भएको थियो । हाल अध्यादेश मार्फत कानुनी व्यवस्था गरेर रेल सञ्चालन गरिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1
+1
+1