पुस ५ गते ।
जनकपुरधाम : रौतहटमा सवारी दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । रौतहटको फतुवा बिजयपुर नगरपालिकाको हिमालिबासमा ट्रिपरले मोटरसाइकलमा ठक्कर दिदा मृत्यु भएका छन ।
ट्रिपरले ठक्कर दिदा मोटरसाइकल चालकको घटनास्थलमै मृत्यु भएका ईलाका प्रहरी कार्यालय फतुवा बिजयपुरले जनाएको छ । गएराति ९: १५ बजेको करिबमा ना ८ ख ४२०२ नम्बरको ट्रिपरले बा ३० प ८११५ नम्बरको मोटरसाइकलमा ठक्कर दिदा चालक फतुवा बिजयपुर नगरपालिका वडा नं ९ लक्ष्मीनिया बस्ने अन्दाजी ५० वर्षिय पुरूष खेदु चौधरीको घटनास्थलमै मृत्यु भएको ईलाका प्रहरी कार्यालय बिजयपुरको निरीक्षक बिष्णु बिकले बताए ।
ट्रिपरको चालक फरार रहेको र चालकको खोजी भइरहेको प्रहरीले जनाएको हो । मृत्कको शव पोष्ट मार्टमको लागि जिल्ला सरकारी अस्पताल गौरमा लगिएको र त्यसको थप अनुसंधान भईरहेको प्रहरी निरीक्षक विकले बताउनु भयो ।