
रौतहट : रौतहटमा ४० किलो चाँदीसहित एक जना पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा गौर नगरपालिका ४ स्थित बसपार्कबाट सर्लाहीको मलंगवा नगरपालिका २ का ३५ वर्षीय विद्यानन्द साह सोनार रहेका छन् ।
उनलाई अस्थायी प्रहरी पोष्ट बसपार्कबाट खटिएको प्रहरीले चेकजाँचका क्रममा चाँदीसहित पक्राउ गरेको हो।
उनले दुवै हातमा कालो रंगको झोला बोकी हिँडिरहेको अवस्थामा कार्टुन भित्र सिलबन्दी गरिएको सेतो रंगको प्लाष्टिक भित्र चाँदी जस्तो देखिने स–साना टुक्राहरु फेला पारेको प्रहरीले जनाएको छ ।
बरामद चाँदीको बजार मुल्य ३९ लाख ४४ हजार रुपैयाँ रहेको छ । उनलाई आवश्यक कारवाहीको लागि राजश्व अनुसन्धान कार्यालय पथलैया पठाइएको प्रहरीले जनाएको छ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1
+1
+1