NSW News

१६ आश्विन २०८०, मंगलवार
ENGLISH

#रौतहटमा_लागु_औषध_सहित_२_जना_भारतिय_नागरिक_पक्राउ

#रौतहटमा_लागु_औषध_सहित_२_जना_भारतिय_नागरिक_पक्राउ

सुनिल रजक भदौ १० गते।
मिति २०७९।०५।०९ गते अं.१४:०० बजेको समयमा लागु औषध नियन्त्रण ब्युरो शाखा कार्यालय, बिरगंज (पर्सा) को सूचनाको आधारमा यस जिल्ला प्रहरी कार्यालय रौतहट र प्रहरी चौकी बंकुलबाट खटिएको संयुक्त प्रहरी टोलीले जिल्ला रौतहट वौधीमाई नगरपालिका वडा नं. ७ बंकुल बजार स्थित BR.05 Y-4332 नं. को मो.सा. लाई रोकी चेकजाँच गर्ने क्रममा मो.सा.मा सवार भारत जिल्ला पूर्बी चम्पारण थाना घोडासहन ग्राम पंचायत पुर्नहिया वडा नं. ६ वस्ने अं. वर्ष ४१ को सुरेन्द्र प्रसाद जैसवाल र ऐ. ऐ. वस्ने भानु प्रसाद जैसवालको श्रीमती अं. वर्ष ३५ की सुनिता देवीलाई नियन्त्रणमा लिई चेकजाँच गर्दा निम्नानुसारको लागु औषध फेला परेकोले दुबै जनालाई लागु औषध सहित नियन्त्रणमा लिई यस कार्यालयमा ल्याई थप अनुसन्धान कार्य भईरहेको व्यहोरा जानकारी गराएको छ।
१. डाईजोपाम:- ५०० एम्पुल
२. फेनारगन:- ५०० एम्पुल
३. बुप्रेनफिन:- ५०० एम्पुल
जम्मा :- १५०० एम्पुल

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0