NSW News

११ आश्विन २०८०, बिहीबार
ENGLISH

रौतहट : जनमत पार्टीका कार्यक्रता गाडी तोडफोड आरोपमा ७ जना पक्राउ

रौतहट : जनमत पार्टीका कार्यक्रता गाडी तोडफोड आरोपमा ७ जना पक्राउ

 

पुस १४ गते
जनकपुरधाम : रौतहटमा जनमत पार्टीका कार्यक्रताले गाडी तोडफोड गरेका आरोपमा प्रहरीले ७ जनालाई नियनत्रणमा लिइएका छन् ।
चक्काजामको उल्लंघन गरेको भन्दै जनमत पार्टीका कार्यकर्ता तोडफोडमा उत्रेका थिए । जनमतका कार्यकर्ताले गरुडामा ३ वटा सवारी साधन तोडफोड गरेका हुन् ।

दुईवटा मालवाहक टिपर र एउटा पिकअप गाडीमा आन्दोलनमा उत्रेका जनतका कार्यकर्ताहरुले तोडफोड गरेको बुझिएको छ । तोडफोडमा संलग्न ७ जनालाई पक्राउ गरेको ईलाका प्रहरी कार्यालय गरुडाले जनाएको छ ।

सिरहाबाट सुरु भएको किसान आन्दोलन प्रदेश २ का ६ जिल्लामा फैलिएको छ । किसानलाई मलखाद उपलब्ध गराउनुपर्ने, सिँचाईको व्यवस्था गर्नुपर्ने, भ्रष्ट जनप्रतिनिधिहरुमाथि अख्तियारले अनुसन्धान गर्नुपर्ने लगायतका माग राखेर जनमत पार्टी आन्दोलनरत छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0