NSW News

९ आश्विन २०८०, मंगलवार
ENGLISH

ललितपुरको अक्सिजन प्लान्टमा विष्फोट हुदा एकको मृत्यु

ललितपुरको अक्सिजन प्लान्टमा विष्फोट  हुदा  एकको मृत्यु

काठमाडौं । ललितपुरको पाटन औद्योगिक क्षेत्रभित्र रहेको सगरमाथा अक्सिजन प्लान्टमा विष्फोट हुँदा एकजनाको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन् । एकजना घाइतेको अवस्था गम्भीर छ ।घटनास्थलमा पुगेका प्रमुख जिल्ला अधिकारी घनश्याम उपाध्यायका अनुसार घटनास्थल हेर्दा निकै शक्तिशालीका साथ विष्फोट भएको अनुमान गर्न सकिन्छ । ‘मानिसका शरीरका टुक्रा झण्डै तीन सय परसम्म पनि भेटिएको छ, उद्योगको छाना केही बाँकी छैन, उनले भने, ‘धेरै नै इनर्जीका साथ विष्फोट भएको देखिन्छ ।’ घाइतेहरुलाई प्रहरीले तत्कालै उद्धार गरेर अस्पतालमा पठाएको उनले बताए ।
उद्योग सन्चालकका अनुसार विष्फोट हुने बेलामा १० जना कार्यरत थिए । एक जनाको मृत्यु भइसकेको छ । पाँच जना घाइतेहरु अस्पतालमा छन् भने दुई जना उद्योग सन्चालकको सम्पर्कमा आएका छन् । अन्यको अवस्था थाहा हुन सकेको छैन ।अक्सिजन भर्ने क्रममा एक्कासी विष्फोट भएको महानगरीय प्रहरी परिसर, ललितपुरका एसपी सिद्धिविक्रम शाहले बताए । उनले घटनाको विस्तुत अनुसन्धान भइरहेको जानकारी दिए ।घटनास्थलमा प्रमुख जिल्ला अधिकारी उपाध्यायसहित नेपाल प्रहरी र राष्ट्रिय अनुसन्धान विभागको टोली पुगेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0