NSW News

२ बैशाख २०८१, आईतवार
ENGLISH

लहान १५ सिसवानी र मोहनपुर मा जंगली हाती को आतंक घर भत्काएका पीडितलाई राहत दिन्छौ: मेयर महेश चौधरी

लहान १५ सिसवानी र मोहनपुर मा जंगली हाती को आतंक घर भत्काएका पीडितलाई राहत दिन्छौ: मेयर महेश चौधरी

महेश महतो सिरहा।
लहान नगरपालिकाका मेयर महेश चौधरीले हाती आतंकाबाट पीडितहरुलाई तत्कालै राहत उपलब्ध गराउने बताएको छ । शनिवार विहानै उनी घटना स्थलमा पुगेर जानकारी लिएको छ ।

पीडितहरुलाई जस्तापाता, त्रिपाल र खाद्यन्न सहयोग गर्ने जानकारी दिएको छ । शुक्रबार राती जंगलबाट भागेर आएका दुई वटा हातीले वडा नं. १५ सिसवनी र मोहनपुर गाउँका ७ परिवारको घर भत्काएको थियो । भत्किएको घरहरु माटोले लेपेको र फुसको छानो भएको छ ।

स्थानीय लक्ष्मी सदाय, शिवकुमारी सदाय, राम सदाय, श्याम कुमार सदाय, दिपेन सदाय, सरोज सदाय र कपले यादवको घर भत्काएको वडाअध्यक्ष तेजनारायण चौधरीले जानकारी गराए । उनका अनुसार जंगलबाट आएका हातीले अन्नबाली पनि खाएको छ । राती नै स्थानीयहरुले आगो बालेर हातीलाई जसोतसो गाउँबाट भगाएका छन् ।

वर्षातको महिनामा घर भत्काएपछि उनीहरुलाई समस्या भएको छ । स्थानीयवासीबाट मेयर महेश चौधरीले जानकारी पाएलगतै घटनाबारे जानकारी लिनलाई गाउँ वस्ती पुगेका थिए । पीडितहरुलाई तत्कालै राहत उपलब्ध गराउने उनले बताए ।

फुसको घर भत्केकोलाई जस्तापाता र त्रिपाल दिने मेयर चौधरीले जानकारी दिए । २५ किलो चामललगायत नुन, तेल, दाल पनि राहतमा दिने उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
1
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0