NSW News

११ आश्विन २०८०, बिहीबार
ENGLISH

लहान २३ को मर्निङ स्टार बोर्डिङ मा बीस हालदा बिद्यार्थी बिरामी

लहान २३ को मर्निङ स्टार बोर्डिङ मा बीस हालदा बिद्यार्थी बिरामी

महेश महतो
सिराहा । सिराहाको लाहान स्थित एक निजि विद्यालय परिसरमा रहेको कलको पानी खादा दर्जनौं बिद्यार्थी बिरामी परेका छन् । लाहान २३ स्थित एक निजि विद्यालय मर्निङ स्टार बोर्डिङ स्कुलमा रहेको कलको पानी खादा लगभग १८ जना विद्यार्थी सिकिस्त भएको हो ।

कलको नजिक बिरुवामा छर्किने बुलेट ५०० औषधिको खाली बट्टा पाईएपछि उक्त कलमा त्यही बिषादी राखिएको आशंका छ । बिरामी परेका छात्र-छात्राको उपचार लाहान स्थित प्रादेशिक अस्पतालमा भईरहेको जानकारी प्राप्त भएको छ। ईप्रका लाहानका ईन्चार्ज डिएसपी कुमार मैनालीको अनुसार उक्त कलको पानी चेकजाँच गर्न स्याम्पल पठाईएको छ वहाँले थप अनुसन्धान भईरहेको जानकारी गराउनु भएको छ । उपचारार्थ बिद्यार्थीहरु सामान्य अवस्थामा रहेको जानकारी प्राप्त भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
2
+1
0
+1
0
+1
0
+1
0
+1
0