NSW News

३ श्रावण २०८१, बिहीबार
ENGLISH

लाखौँ नागरिकताविहिन युवाहरूको आवाज अजय निरालाद्वारा नागरिकता विधेयक प्रमाणीकरण गरेकोमा राष्ट्रपतिलाई आभार प्रकट

लाखौँ नागरिकताविहिन युवाहरूको आवाज अजय निरालाद्वारा नागरिकता विधेयक प्रमाणीकरण गरेकोमा राष्ट्रपतिलाई आभार प्रकट

भरतपुर, १७ जेठ । जनता समाजवादी पार्टी (जसपा)का बागमती प्रदेश सचिव अजय निरालाले नागरिकता विधेयक प्रमाणीकरण गरेकोमा राष्ट्रपति रामचन्द्र पौडेलप्रति आभार व्यक्त गरेका छन् । यस अगाडि उक्त विधेयक दुई/दुईपटक अस्वीकृत भएकोमा यसपटक यो विधेयक राष्ट्रपति पौडेलले प्रमाणीकरण गरेकोमा खुशी व्यक्त गर्दै आभार प्रकट गरेका हुन्।

नागरिकता विधेयक यो भन्दा अगाडि तत्कालीन राष्ट्रपति विद्यादेवी भण्डारीले दुई/दुईपटक अस्वीकृत गरेकी थिइन्। यसपटक यो विधेयक बुधवार राष्ट्रपति पौडेलले प्रमाणीकरण गरेपछि बागमती सचिव समेत रहेका निरालाले राष्ट्रपति पौडेललाई धन्यवाद समेत दिएका छन् ।राष्ट्रपतिलाई धन्यवाद दिँदै निरालाले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन् , ‘निरन्तर पहल र लामो सङ्घर्ष पश्चात् आज अन्ततः सम्माननीय राष्ट्रपति रामचन्द्र पौडेलज्यूले नागरिकता विधेयक प्रमाणीकरण गर्नुभएको छ । विधेयक प्रमाणीकरण गर्नुहुने सम्माननीय राष्ट्रपतिज्यूसहित सङ्घर्षमा सहयोग गर्नुभएका सबै प्रति आभार व्यक्त गर्दछु ।’

लाखौँ नागरिकताविहिन युवाहरूको आवाज बनेर आफूले सदन र सडक मार्फत उठाउँदै आएको माग आज बुधवार पूरा हुँदा आफू निक्कै हर्षित भएको उल्लेख गर्दै निरालाले खुसी व्यक्त गरेका छन् । संविधानमा उल्लेख भए अनुसार राष्ट्रपति पौडेलबाट नागरिकता विधेयक प्रमाणीकरण भएसँगै लाखौँ युवाहरूले नागरिकता प्राप्त गर्दै एउटा सुनौलो भविष्य तर्फको आफ्नो यात्रा अगाडि बढाउने निरालाको विश्वास छ ।

बागमती सचिव समेत रहेका निरालाले सदन र सडक मार्फत निरन्तर नागरिकताको विषयलाई उठाउँदै आएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
1
+1
0
+1
0
+1
0