NSW News

२ श्रावण २०८१, बुधबार
ENGLISH

लागूऔषधसहित काठमाण्डाैमा दुई पक्राउ भट्टीमै पुगेर घरेलु मदिरा नष्ट ।

लागूऔषधसहित काठमाण्डाैमा दुई पक्राउ भट्टीमै पुगेर घरेलु मदिरा नष्ट ।

माघ २२ काठमाण्डाै ।
काठमाडौँको चन्द्रागिरि नगरपालिका–२ स्थित नागढुङ्गाबाट लागूऔषधसहित प्रहरीले आज दुई जनालाई पक्राउ गरेको छ । बाराको सिम्रौनगढबाट काठमार्डौँ आउँदै गरेको ना ८ ख ७३२३ नम्बरको र राजबिराजबाट काठमाडौँ आउँदै गरेको ना ८ ख ६४९७ नम्बरको बसमा जाँच गर्ने क्रममा यात्री बनेर आएका भारत बिहार राज्य मोतिहारी जिल्ला ग्राम हम्बरीया घर हुने २७ वर्षीय पवनकुमार दास र सप्तरीका मुकेश शाहलाई पक्राउ गरिएको महानगरीय प्रहरी परिसरले जनाएको छ ।
प्रहरीले दासको झोलाबाट डाइजेपाम, नोफिन र फेनारगन ३०० एम्पुल तथा शाहको झोलाबाट नाइट्राभेट ५९६ थान फेला पारेको प्रहरी उपरीक्षक दिनेशराज मैनालीले जानकारी दिनुभयो । उनीहरुमाथि काठमाडौँ जिल्ला अदालतबाट म्याद थप गरी लागू औषध नियन्त्रण ऐन, २०३३ बमोजिम अनुसन्धान भइरहेको छ ।
घरेलु मदिरा उत्पादन गर्ने सात भट्टी नष्ट
यसैबीच आज साँझ जिल्ला काठमाडौँ तारकेश्वर नगरपालिका–९ मनमैजुस्थित पाखो बारीमा जस्तापाता÷बाँसले बेरेर बनाइएको टहरामा अवैधरूपमा घरेलु मदिरा उत्पादन गरिएको पाइएको छ । यसरी मदिरा उत्पादन गर्ने सातवटा भट्टी आज नष्ट गरिएको प्रहरीले जनाएको छ ।
आन्तरिक राजश्व कार्यालय बालाजुका प्रतिनिधि, तारकेश्वर नगरपालिकाका प्रतिनिधि तथा स्थानीयवासीको रोहबरमा भट्टी नष्ट गरिएको महानगरीय प्रहरी परिसरले जनाएको छ । उत्पादन गर्ने व्यक्तिको खोजी जारी रहेको जनाइएको छ । प्रहरीले सात हजार लिटर तयारी घरेलु मदिरा र १५ हजार लिटर कच्चापदार्थ नष्ट गरेको छ ।
साभार-नव जनप्रहार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0