NSW News

७ आश्विन २०८०, आईतवार
ENGLISH

लागूऔषध ब्राउन सुगरसहित जनकपुरधामबाट एक युवक र एक युवती पक्राउ

लागूऔषध ब्राउन सुगरसहित जनकपुरधामबाट एक युवक र एक युवती पक्राउ

जनकपुरधाम । लागूऔषध ब्राउन सुगरसहित जनकपुरधामबाट एक युवक र एक युवती पक्राउ परेका छन् । पक्राउ पर्नेमा सप्तरीको खडक नगरपालिका वडा नम्बर ८ खोजपुर बस्ने २४ वर्षीया रजनीकुमारी चौधरी र सिरहाको मिर्चैया नगरपालिका वडा नम्बर २ बस्ने ३० बर्षीय आरिफ हुसेन रहेका जिल्ला प्रहरी कार्यालय धनुषा प्रवक्ता एवं डीएसपी जितेन्द्रकुमार बस्नेतले जानकारी दिए ।
उनका अनुसार दुबैलाई जनकपुर उपमहानगरपालिका वडा नम्बर ९ स्थित थापा चोकबाट पक्राउ गरिएको छ । संगै हिंडिरहेका चौधरी र हुसेनमाथि शंका लागि शरीर खानतलाशी गर्दा ब्राउन सुगर फेला परेको बस्नेतले बताए । पक्राउ परेका दुबै जनाबिरुद्ध लागूऔषध मुद्दामा म्याद थप गरी अन्य अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
1
+1
0
+1
0