NSW News

११ आश्विन २०८०, बिहीबार
ENGLISH

लागूऔषध १५ सय थान नाइट्राभेट सहित दुईजना पक्राउ

लागूऔषध १५ सय थान नाइट्राभेट  सहित दुईजना पक्राउ

सर्लाही। सर्लाहीमा लागूऔषधसहित दुई जना पक्राउ परेका छन् । लालबन्दी नगरपालिका १ नवलपुरबाट बीआर ३०एए३३६५ मोटरसाइकलमा सवार कोडैना गाउँपालिका २ बस्ने २८ वर्षीय रितेश कुमार यादवलाई सोमबार लागूऔषध नाइट्राभेटसहित पक्राउ गरेको हो ।

१५ सय थान नाइट्राभेट ट्याब्लेटसहित पक्राउ परेका यादवलाई नियन्त्रणमा लिएर सोधपुछ गर्दा लालबन्दी नगरपालिका -२ बस्ने रोशन भनिने विजय कुमार घिमिरेले घरमै लागूऔषध राख्ने गरेको बताएका थिए । उनकै सूचनाको आधारमा प्रहरीले घिमिरेलाई पक्राउ गरेको हो ।

प्रहरीले उनको घरबाट १०० एमएलको डाइलेक्स-डीई नामक ९० बोतल लागूऔषध बरामद भएको सर्लाही प्रहरीका प्रबक्ता एवं डीएसपी माधव प्रसाद बूढाथोकीले जानकारी दिए ।पक्राउ परेका दुबैको बिषयमा थप अनुसन्धान भइरहेको बुढाथोकीले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0