NSW News

५ असार २०८१, मंगलवार
ENGLISH

लुम्बिनीको मुख्यमन्त्रीमा कांग्रेसका डिल्ली बहादुर चौधरी नियुक्त

लुम्बिनीको मुख्यमन्त्रीमा कांग्रेसका डिल्ली बहादुर चौधरी नियुक्त

परासी ।
लुम्बिनी प्रदेशको मुख्यमन्त्री नेपाली कांग्रेस संसदीय दलका नेता डिल्ली बहादुर चौधरी नियुक्त भएका छन् । बिहीबार प्रदेश प्रमुख अमिक शेरचनसमक्ष दाबी पेश गरेका उनलाई संविधानको धारा १६८ को उपधारा २ बमोजिम बहुमत सदस्यको समर्थनमा प्रदेश प्रमुख शेरचनले मुख्यमन्त्रीमा नियुक्त गरेका हुन् ।

मुख्यमन्त्रीमा नियुक्त भएनका चौधरीलाई कांग्रेसका २७, माओवादीका ११, नागरिक उन्मुक्ति पार्टीका ४ जना, जनमत पार्टी, जनता समाजवादी पार्टी र लोकतान्त्रिक समाजवादी पार्टीका ३/३ जना, राष्ट्रिय जनमोर्चा, नेकपा एकीकृत समाजवादीका एकरएकजना र स्वतन्त्र एक सांसद गरी ५३ जना सांसदले समर्थन गरेका छन् ।२७ पुसमा मुख्यमन्त्री बनेका एमालेका लिला गिरीले विश्वासको मत नपाएपछि नयाँ मुख्यमन्त्रीको बाटो खुला भएको हो

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0