NSW News

२० फाल्गुन २०८०, आईतवार
ENGLISH

लोसपा नेता जितेन्द्र सोनलको प्रतिवादः “कात्तिकको चुनाव वैशाखमा गर्दा के फरक पर्छ र ?”

लोसपा नेता जितेन्द्र सोनलको प्रतिवादः “कात्तिकको चुनाव वैशाखमा गर्दा के फरक पर्छ र ?”

माघ ०८ काठमाण्डाै ।
लोकतान्त्रिक समाजवादी पार्टीका नेता जितेन्द्र सोनलले चल्दै नचल्ने संसद्लाई यथास्थितिमा राख्नुभन्दा ताजा जनादेशमा जानुपर्ने बताएका छन् ।
नेपाली रेडियो नेटवर्क (एनआरएन) को कार्यक्रम ‘नेपाली बहस’का लागि पत्रकार ऋषि धमलासँग कुरा गर्दै नेता सोनलले भने, “अहिले तीन तहको निर्वाचन एकसाथ सम्भव छैन । धेरै कानुनी जटिलता छ । त्यसरी चुनाव गर्नु पनि हुन्न । त्यसरी गर्नुको अर्थ पनि हुन्न । संवैधानिक जटिलतालाई समाधान गरी बीचको बाटो लिएर जाने हो भने संघ र प्रदेशको चुनाव एकसाथ सम्भव छ । त्यस अनुसार वैशाख-जेठमा एउटा र कात्तिक-मंसिरमा अर्को निर्वाचन गर्नुपर्छ ।”
संसद निरन्तर अवरुद्ध भएकाले संसद्को चुनाव पहिले गर्नु उपयुक्त हुने उनको जिकिर छ । नेता सोनलले भने, “संसद् लोकतन्त्रको मन्दिर हो । देशको समस्याको निकास दिने सर्वोच्च थलो हो । तर हाम्रो देशमा संसद् चलेको छैन । एमसीसीले निकास पाएको छैन । कानुन बन्न सकेको छैन । जनताको विषयमा संसद्मा गुन्जिन सकेको छैन । हाउस डेडलक अवस्थामा छ । सरकारको ६ महिने कार्यकाल ‘गुड फर नथिङ’ जस्तो भयो । केही योजना छैन । केही नयाँ कुरा छैन । यस्तो अवस्थामा प्रतिनिधिसभालाई यथास्थितिमा किन राख्ने ?”
संसद् वैशाखमा पाँचौं वर्षमा पुगेपछि जुनसुकै बेला ताजा जनादेशमा जान सकिने उनले बताए । उनले भने, “मैले संसद् विघटन गरेर जाने भनेको होइन । राष्ट्रिय सहमति कायम गरेर अघि बढ्न सकिन्छ । कात्तिकको चुनाव वैशाखमा गर्दा के फरक पर्छ र ?”
भौतिक योजना मन्त्री रेणु यादवको गैर संसदीय भाषा अशोभनीय रहेको नेता सोनलले बताए । उनले थपे, “कुनै पनि जिम्मेवार नेताले हिंसाको भाषा बोल्नुहुन्न । त्यस्तो बोल्नु भनेको जंगली राज्यतिर उन्मुख भएको द्योतक हो । त्यति आक्रामक भएर बोल्नु आवश्यक थिएन ।
राष्ट्रिय सभा निर्वाचनपछि एमालेसँगको गठबन्धनबारे निधो हुने उनले बताए । सोनलले भने, “अहिलेसम्म पहिले कुन निर्वाचन गर्ने भन्नेमा अन्योल छ । पहिले सरकारले निर्वाचन घोषणा गरोस्, अनि गठबन्धन के गर्ने भनौंला । त्यो आवश्यकताको सिद्धान्त अनुसार तय हुन्छ ।”

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0