NSW News

७ आश्विन २०८०, आईतवार
ENGLISH

लोसपा प्रदेश २ संसदीय दलको निर्वाचनमा ९ मत ल्याएर जितेन्द्र सोनल निर्वाचित

लोसपा प्रदेश २ संसदीय दलको निर्वाचनमा ९ मत ल्याएर जितेन्द्र सोनल निर्वाचित

जनकपुरधाम : प्रदेश २ संसदीय दलको नेतामा जितेन्द्र सोनल निर्वाचित भएका छन् ।

जनकपुरको होटल सिटी स्टारमा सोमबार अबेर रातिसम्म बसेको संसदीय दलको बैठकमा सहमती नजुट्दा निर्वाचन भयो। निर्वाचनमा १६ सासदमध्ये सोनल ९ मत ल्याएर दलको नेता बन्न सफल भएका हुन् ।

सोनलसँग उपेन्द्र महतोले चुनावी प्रतिस्पर्धा गरेका थिए । उनले मात्र ६ मत पाए । एक मत बदर भएको बुझिएको छ । सोनल यसअघि साविकको राजपा नेपालका प्रदेश २ संसदीय दलको नेता थिए ।

उनी प्रदेश सरकारमा भौतिक पूर्वाधार मन्त्रालय समेत सम्हालेका थिए । केही महिनाअघि मुख्यमन्त्री लालबाबु राउतले महन्थ ठाकुर पक्षको भन्दै उनलाई मन्त्रीबाट हटाएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0