NSW News

७ आश्विन २०८०, आईतवार
ENGLISH

वकिलहरूमाथि जुत्ता प्रहार गर्ने तारा पक्राउ

वकिलहरूमाथि जुत्ता प्रहार गर्ने तारा पक्राउ

काठमाडौं । सर्वोच्च अदालतमा प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराको बाटो छेक्न बसेका नेपाल बार एशोसिएशन र सर्वोच्च अदालत बार एशोशिएशनका वकिलहरूमाथि जुत्ता प्रहार गर्ने तारा बराल पक्राउ परेकी छन् । प्रधानन्यायाधीश जबराको समर्थनमा उत्रिएकी अभियन्ता बरालले वकिलहरूलाई जुत्ता हानेपछि सुरक्षाकर्मीले तत्काल उनलाई पक्राउ गरी भ्यानमा हालेर लगेका हुन् ।प्रधानन्यायाधीश जबराले आफ्नो निलम्बिन फुकुवा भएको पत्र संसद सचिवालयबाट पाएलगत्तै सवोच्च अदालतमा आउने समाचार सार्वजनिक भएपछि उनीहरु त्यसलाई रोक्न बुधबार दिउँसो सर्वोच्च अदालतको मूलगेटमा भेला भएका छन् ।अभियन्ता बराल दिउँसो तीन बजेतिर धर्ना स्थलमा आएर वकिलहरूको विरोध गरिरहेकी थिइन् । सोही क्रममा उनले उत्तेजित हुँदै आफूले लगाइरहेको जुत्ता फुकालेर वकिलको समूहमाथि प्रहार गरेकी थिइन् । उनको सो जुत्ता सर्वोच्चभित्र फ्याँकिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0