NSW News

७ आश्विन २०८०, आईतवार
ENGLISH

वडाध्यक्षले लगाएको ताल्चा अर्को वडाअध्यक्षहरु तोड्यो, कर्मचारीहरु भोलिदेखी कार्यमा फर्के

वडाध्यक्षले लगाएको ताल्चा अर्को वडाअध्यक्षहरु तोड्यो, कर्मचारीहरु भोलिदेखी कार्यमा फर्के

 

मंसिर १२ गते ।
जनकपुरधाम : जनकपुरधाम उपमहानगरपालिकाका वाडा ४ अध्यक्ष सुन्दर्शन सिंह  र सफाई कर्मचारीसँग भएको विवादलाई लिएर मेयर लालकिशोर साहको कार्यकक्षमा केही वडाअध्यक्षहरुले लगाएको ताल्चा आज बहुसंख्यक अर्को वडाअध्यक्षले सो ताल्चा तोडेका हुन् ।

नेपाल नगरपालिका कर्मचारी एशोसिएशनले केही वडाअध्यक्षहरुले आफूलाई दुव्र्यवहार गरेको भन्दै शान्ति सुरक्षा तथा कारवाहीको माँग गर्दै कामकाज ठप्प पारी आन्दोलित भएका थिए । कर्मचारीहरुको आन्दोलनको कारण जनकपुरधाम फोहरमा परिणत भएपछि बहुसंख्यक वडाअध्यक्षले मेयर साहको कार्यकक्षमा लगाइएको ताल्चा तोड्ेका छ्न ।

ताल्चा तोडेपछि मेयर साहले रामजानकी विवाहपञ्चमीलाई मध्यनजर गरी कर्मचारीहरुलाई कार्यमा फर्किन आग्रहगरेपछि सोमवारदेखि कार्यमा फर्किने एक कर्मचारीले बताएका छन् ।
एशोसिएशनका अध्यक्ष शरद लाभले हाम्रो आन्दोलन जारी छ । तर रामजानकी विवाहोत्सवमा देशविदेशबाट पहुनाहरु आउने गरेकोले त्यसलाई मध्यनजर गरी आफूहरु कार्यमा फर्किएको तर विवाहपञ्चमीपछि दोषी वडाअध्यक्षमाथि कारवाही नभएमा पुनः आन्दोलनमा उत्रिने बताएका छन् ।


जनकपुरधाम उपमहानगरपालिका वडा नं। ५, १६, १७, १४, १८,२४,११ सहितका वडाअध्यक्षहरु ताल्चा तोड्नमा सहभागी भएका थिए ।
सफाई कर्मचारी तथा जनकपुरधाम उपमहानगरपालिका वडा नं। ७ का वडासदस्य पंकज मण्डलसँग भएको विवादको कारण सोही वडाका वडा अध्यक्ष सुन्दर्शन सिंह, ७ का वडाअध्यक्ष जानकी राम साह, वडा नं। ३ का वडा अध्यक्ष दीपेन्द्र साहले मेयर साहको कार्यकक्षमा ताल्चा लगाएका थिए ।
यता केही वाडाध्यक्षहरु मेयर साहको राजीनामा माग्न काठमाण्डौं गएका छन्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0