NSW News

३ श्रावण २०८१, बिहीबार
ENGLISH

वडाध्यक्ष मुकुन्द रिजाललाई भेट्न घरमै पुगे मेयर बालेन

वडाध्यक्ष मुकुन्द रिजाललाई भेट्न घरमै पुगे मेयर बालेन

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले शनिबार १६ नं वडाका अध्यक्ष मुकुन्द रिजाललाई भेटेका छन् ।बालाजुस्थित रिजालकै घरमा बालेनले फोहोर व्यवस्थापनका साथै महानगरको काम कारबाहीलाई सहज बनाउने विषयमा सुझाव मागेका थिए ।

बालेनले रिजालको कार्यशैलीबाट आफु प्रभावित भएको भन्दै निरन्तर सहयोगको अपेक्षा गरेको बताएका थिए । बालनेले रिजालको घरमा झन्डै दुई घन्टा बिताएका थिए । रिजालले आफू पार्टीभन्दा माथि उठेर मेयरका जनमुखी र जायज अभियानमा सहयोग गर्ने बताए । भेटमा सहभागी कलाकार अर्जुन घिमिरे पाँडेले जनप्रतिनिधिसँग परामर्श गर्ने योजनाअनुसार आजको भेटघाट भएको बताए ।

महानगरको पहिलो कार्यपालिका बैठकमा प्रक्रियाको विषय उठाएपछि वडाध्यक्ष रिजाल सामाजिक सञ्जालमा भाइरल बनेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0