नविन यादब
सप्तरीको राजविराजको न्युज टुडेको पत्रकार रामनाथ यादबलाईवडा अध्यक्ष गुलाब सिंहले धाक धम्की दिएको छ।
तिलाठी कोईलाडि गाँउपालिकाको गाेप्य तरिकावाट १३ वटा शिक्षक पदपूर्तिकाे विज्ञापन गरिएकाे जानकारी पाएपछि अभिभावकहरुले तालाबन्दी गरिएको सूचना पत्रिकामा आएपछि वडा अध्यक्ष गुलाब प्रसाद सिंहले रिसमा आएर पत्रकार यादवलाई धम्की दिए । माघ २३ गते सरस्वती पूजाका दिन विद्यालय बन्द रहेकाे अवस्थामा लुकाएर राखेकाे सूचना वारे जानकारी माग्दा विद्यालयका प्र अ विपिन झाले भने मलाई थाहा छैन गाउँपालिकाका शिक्षा प्रमुख राजेश कुमार झालाई नै थाहा रहेकाे जानकारी दिए ।
उता अभिभावकहरूले माघ २७ गते श्री लक्ष्मी वल्लभ नरसिंह माध्यमिक विद्यालय बभनगमा कट्टीमा प्रधानाध्यापक बिपिन झाको कार्यालय कक्षमा तालाबन्दी गरिएको समाचार सम्प्रेषण गरेपछि, शनिबार राति तिलाठी कोईलाडी गाँउपालिकाका वडा नम्बर ७ को वडा अध्यक्ष गुलाब सिंहले पत्रकार रमनाथ यादब धाक धम्की गाली गलोज, चरित्र हत्या जस्तो अभद्र व्यवहार गरिएको पत्रकार रामनाथ यादवले बताउनु भएको छ।