NSW News

१६ आश्विन २०८०, मंगलवार
ENGLISH

वडा अध्यक्ष साहद्धारा जेष्ठ नागरिकलाई सम्मान

वडा अध्यक्ष साहद्धारा जेष्ठ नागरिकलाई सम्मान

 

कार्तिक १५ गते ।
जनकपुरधाम : जनकपुरधाममा शुभदिपावली तथा छठ पर्वको अवसरमा शुभकामना आदानप्रदान र ज्येष्ठ नागरिकलाई सम्मान गरिएको छ । सो कार्य एककार्यक्रमबिच गरिएको हो ।

जनकपुरधाम उपमहा नगरपालिकाको वडा नं। ७ मा जनकपुरधाम उपमहानगरपालिका उपमेयर रीता कुमारी मिश्रको प्रमुख आतिथ्यमा सो कार्य गरिएको छ । वडा नं। ७ का अध्यक्ष जानकीराम साहको अध्यक्षतामा भएको सो कार्यक्रममा लगभग २ सय जनालाई ज्येष्ठ नागरिकलहरु लाई सम्मान गरिएको अधक्ष साहले बताए ।

सो कार्यक्रममा वाडा सदस्य रामराजी देवी दास, लोसपाका महिला नेत्री बिभा ठाकुर र पुर्व वार्ड अध्यक्ष जिवछ साह लगायत अन्य संघ संस्थाका पदाधिकारीको उपस्थिति रहेको थियो । ज्येष्ठ नागरिक मध्ये बृद्धालाई साडी र बृद्धलाई धोती दिएर सम्मान गरिएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0