NSW News

११ आश्विन २०८०, बिहीबार
ENGLISH

वरिष्ठ पत्रकार किशोर नेपालको सबै अकाउन्ट र मोबाइल नम्बर बन्द

वरिष्ठ पत्रकार किशोर नेपालको सबै अकाउन्ट र मोबाइल नम्बर बन्द

काठमाडौं । वरिष्ठ पत्रकार किशोर नेपाल फेसबुक, ट्वीटर, इन्टाग्राम अकाउन्ट र मोबाइल नम्बर बन्द गरेर सम्पूर्ण सञ्चार माध्यमबाट विमुख भएका छन् ।दृश्यटिभी डटकमले लेखेको समाचार अनुसार अक्टोबर २५ (कार्तिक ६) मा उनको फेसबुक अचानक बन्द भएको थियो । त्यसयता लगातार उनको ट्वीटर र इन्टाग्राम अकाउन्ट बन्द गरिएको थियो । त्यति मात्र नभएर उनले प्रयोग गर्दै आएको ९८०२०३१८८१ नम्बरको मोबाइल नम्बरसमेत निर्वाचनको दुईदिन अघि बन्द गरिएको उक्त समाचारमा उल्लेख छ । आफ्ना सबै अकाउन्ट र मोबाइल नम्बर समेत बन्द भएपछि वरिष्ठ पत्रकार नेपालले प्रहरीको साइबर ब्यूराे मात्र नभएर गृहमन्त्री बालकृष्ण खाँण र सूचना तथा सञ्चार प्रविधिमन्त्री ज्ञानेन्दबहादुर कार्कीलाई समेत जानकारी गराए पनि सरकारी निकायले यसबारे चासो नदेखाएको उनले जानकारी दिएका छन् ।प्रहरीले अकाउन्ट ह्याक भएको जानकारी दिए पनि त्यसबारे थप केही प्रगति नभएको उनले बताएका छन् । तर, सबै अकाउन्ट र मोबाइल नम्बरसमेत अचानक बन्द भएपछि यो विषय गम्भीर भएको छ ।वरिष्ठ पत्रकार नेपाललाई पूर्ण रुपमा सञ्चार सेवाबाट विमुख पारिएपछि पत्रकार र पत्रकारजन्य संघ संस्थाहरुले यसबारे तत्काल कारबाही अघि बढाउन सरोकारवाला पक्षसँग माग गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0