NSW News

१० आश्विन २०८०, बुधबार
ENGLISH

वाइफाइ चलाउन विद्यालयको सिढीमा चढेका महतोको लडेर मृत्यु

वाइफाइ चलाउन विद्यालयको सिढीमा चढेका महतोको लडेर मृत्यु

 

मंसिर १० गते ।
जनकपुरधाम : महोत्तरीमा वाइफाइ चलाउन सिढीमा चढेका युवकको लडेर ज्यान गएको छ ।
रामगोपालपुर नगरपालिका वडा नं. १ स्थित बसबिट्टी माध्यमिक विद्यालयमा अध्ययरत एकछात्रको लडेर ज्यान गएका छन् । ज्यान ज्यानेमा बलवा नगरपालिका वडा नं. १ का १८ वर्षीय सन्दीप महतो रहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ ।

विद्यालयको भर्‍याङमाथि मोबाइलमा वाइफाइ चलाउन चढेका उनी लडेर घाइते भएको र उपचारको क्रममा ज्यान गएको प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक प्रकाश विष्टले बताए ।

लडेर गम्भीर घाइते भएका महतोलाई उपचारको लागि जनकपुरधामस्थित काव्या अस्पतालमा ल्याउादा यहाँ सुधार नभएपछि थप उपचारको लागि सिरहाको कर्जनहामा अवस्थित फूलकुमारी महतो मेमोरियल अस्पतालमा लगिएको थियो ।
सोही अस्पतालमा उपचारकै क्रममा गए राति युवकको मृज्यान गएको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0