बैशाख १९ गते ।
जनकपुरधाम : अगामी बैशाख ३० गते स्थानीय तहको निर्वाचन हुन गइरहेको छ ।
निर्वाचनको समय नजिकदै जाँदा विभिन्न पदका उम्मेदवारहरु चुनावी प्रचार प्रसारलाई तिव्रता दिएका छन् ।
यसै क्रममा जनकपुरधाम उपमहानगरपालिका वार्ड नं. १३ का अध्यक्ष पदका उम्मेदवार राम सेवक साहले चुनावी प्रचार प्रसार संगै घर दैलो अभियान कार्यलाई निरन्तरता दिएको हो ।
घर दैलो अभियान कार्यलाई निरन्तरता दिदैं वाडा अध्यक्ष पदका उम्मेवार सेवक साहले आज वडाको पुर्वारी टोलका जनतासंग प्रत्यक्ष भेटघाटमा व्यस्त देखिएका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1
+1
+1