NSW News

२० फाल्गुन २०८०, आईतवार
ENGLISH

वायुसेवा निगमलाई खतरा युक्त सामग्री सहितको कार्गो उडान गर्न अनुमति

वायुसेवा निगमलाई खतरा युक्त सामग्री सहितको कार्गो उडान गर्न अनुमति

मंसिर २० गते
काठमाडौं : नेपाल वायुसेवा निगमलाई खतरायुक्त सामग्री ढुवानीका लागि नागरिक उड्डयान प्राधिकरणले अनुमति दिएको छ । निगमले आफ्नो नियमित उडानमै ब्याट्री, रेडियोलोजीसँग सम्बन्धित उपकरण लगायत संवेदनशीलको सूचीमा राखिएका सामग्री पनि ओसारपसार गर्न सक्ने जनाइएको छ । राष्ट्रिय ध्वजावाहक वायुसेवामार्फत यस किसिमका सामान ढुवानी गर्दा व्यवसायीलाई सहज हुनुका साथै सरकारलाई बुझाउने राजस्व पनि तीन गुणाले वृद्धि हुने अनुमान रहेको पर्यटन मन्त्री प्रेम बहादुर आलेले बताए।

ध्वजावाहक कम्पनीको जहाजले खतराजन्य सामग्री बोक्ने अधिकार पाएको छ । यो सफल पार्न सहयोग गर्नुहुने नागरिक उड्डयन प्राधिकरण र नेपाल वायुसेवा निगमलाई लाई हार्दिक धन्यवाद । व्यवसायीले मगाएका समान सिधै आउन सक्छ,’ मन्त्री आलेले भने, ‘यात्रु नहुँदा पनि यी सामग्री ल्याउन पाउने भएका छौं। यसले निगमलाई माथि उठाउन थोरै भएपनि मद्दत पुग्नेछ ।
६ वर्षको प्रयासपछि निगमको जहाजले यस प्रकारको कार्गो उडानका लागि अनुमति पाएको नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक राजकुमार क्षेत्रीले बताए ।

विगत धेरै वर्षदेखि यो प्रक्रिया रोकिएको थियो। यो विषयलाई निकास दिनुपर्छ भन्ने छलफल गर्दा पनि निष्कर्ष निस्किएको थिएन। आइकाओसँग सम्बन्धित कुरा हो। मलाई विश्वास छ यसले राजस्व मात्र नभइ नेवानिको उडान चाप अझै राम्रो बनाउँछ,’ क्षेत्रीले भने। यो उडान सुरु भएसँगै निगमको बजार व्यवस्थापनमा उल्लेख्य भुमिका रहने कार्यकारी अध्यक्ष युवराज अधिकारीले बताए। ‘हाम्रो एयरबस ३३० जहाजको कार्गो क्षमता १५ टन छ। अब यो प्रावधान लागू भएसँगै जहाजको क्षमता उपयोग थप प्रभावकारीरुपले अगाडि बढ्नेछ,’ अधिकारीले भने।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0