NSW News

२० फाल्गुन २०८०, आईतवार
ENGLISH

विद्यालयमा अरकेष्ट्र गराउने माथि कारवाहीको मांग

विद्यालयमा अरकेष्ट्र गराउने माथि कारवाहीको मांग

४ भदौ, जलेश्वर । जिल्ला प्रशासन कार्यालय महोत्तरीले जिल्ला भरिमा लगाएको आरकेस्ट्रा प्रतिबन्धको धज्जी उडेको छ । गत भदौ २ गते बिहिबार मात्र जिल्ला प्रशासन कार्यालय महोत्तरीले एक विज्ञप्ती जारी गर्दै जिल्ला भरीमा आरकेस्ट्रा प्रतिबन्धको प्रतिबन्ध गरिएको उल्लेख गरेको थियो ।

तर, जिल्ला प्रशासन कार्यालयले प्रतिबन्ध लगाएको २४ घण्टा नबित्दै त्यसको उलंघन गरी महोत्तरीको जलेश्वर नगरपालिका ५ स्थित रहेको श्री माबि पर्सा पतैली बिधालयमा आरकेस्ट्रा कार्यक्रम आयोजन भएको थियो ।

आयोजना भएको आरकेस्ट्राभन्दा केहि पर मात्र प्रहरीचोकी पनि छ । समाजमा विकृति फैलाउने अश्लील गीतमै नृत्य भइरहँदा प्रहरी मुकदर्शक बनेका थियो ।

अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विधार्थी यूनियन द्वारा प्रेस विज्ञप्ति जारी गर्दै विरोध जनाएको छ ।

विज्ञप्तिमा हाम्रो महान तथा गौरवशाली संगठन अखिल ( क्रान्तिकारी ) आफ्नो स्थापना कालदेखि नै नेपाल को समग्र र शैक्षिक तथा राजनीति सवालहरुमा बलिदानीपूर्ण भूमिका निर्वाह गर्दै आइरहको कुरा यहाँहरुलाई सर्वविदितै छ । जिल्ला प्रशासन कार्यालय महोत्तरी ले रोक लगाए पनि आर्केष्ट्रा रोकिए न यही जलेश्वर नगरपालिका वडा नं ४ सुगा भवानी पटी र जलेश्वर नगरपालिका वडा नं ५ पर्शा पतैली मा विद्यालय जस्तो धार्मिक स्थान जहां शिक्षा आर्जन हुने मन्दिर मा मेला समिति का आयोजक ले लण्डिया नाच तमाशा गर्दै मा अखिल क्रान्तिकारी नगर कमिटी को ध्यान आकर्षण भएको छ । स्थानीय प्रशासन संग दोषी माथि तुरन्त कारवाही को मांग गर्दै छु । हाम्रो मांगलाई गम्भीरता पूर्वक नलिएको खण्डमा अखिल ( क्रान्तिकारी ) जस्तो सुकै कदम चलन बाध्य हुन कुरा यसै विज्ञप्ति मार्फत जानकारी गराउँदै छु । विज्ञप्तिमा उल्लेख छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0