NSW News

३ श्रावण २०८१, बिहीबार
ENGLISH

विद्यालयमा राजनीतिक कार्यक्रम गरे कारबाही : मेयर बालेन्द्र साह (बालेन)

विद्यालयमा राजनीतिक कार्यक्रम गरे कारबाही : मेयर बालेन्द्र साह (बालेन)

काठमाडौं।
काठमाडौं महानगरपालिकाले काठमाडौंको विद्यालयमा राजनीतिक कार्यक्रम गरे कारबाही गर्ने चेतावनी दिएको छ ।

बुधबार महानगरको शिक्षा विभागले एक सूचना जारी गर्दै महानगरभित्रका विद्यालयमा राजनीतिक दल र दलका भातृ संगठनको कार्यक्रम गरे कारबाही गर्ने जनाएको छ ।

विज्ञप्तिमा भनिएको छ, कुनैपनि राजनैतिक दल र यसका भातृ संस्थाहरुका कार्यक्रम विद्यालयभित्र गर्न नदिन सूचित गरिन्छ । अनुगमनका क्रममा यस प्रकारका कार्यक्रम संचालन गरेको भेटिएमा वा प्रमाण पुगेमा प्रधानाध्यापकलाई विभागीय कार्यवाही हुने व्यहोरा समेत जानकारी गराइन्छ ।

सूचनामा महानगरका केही विद्यालयमा प्रचलित शिक्षा ऐन तथा नियमावली विपरीत राजनीतिक दल र त्यसका भातृ संगठनका कार्यक्रमहरु सञ्चालन गरेको सप्रमाण उजूरी प्राप्त भएको भन्दै ध्यानाकर्षण भएको समेत जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0