NSW News

३ श्रावण २०८१, बिहीबार
ENGLISH

विराटनगर -रानी , इटहरी– धरान ६ लेन राजमार्ग निर्माणको काम तिब्र गतिमा ।

विराटनगर -रानी , इटहरी– धरान ६ लेन राजमार्ग निर्माणको काम तिब्र गतिमा ।

विराटनगर ।
रानी – विराटनगर , इटहरी– धरान ६ लेन राजमार्ग निर्माणको काम अब चुस्त र द्रुत गतिमा अघि बढने भएको छ । बुधवार इटहरी उपमहानगरपालिकामा भएको त्रिपक्षीय छलफलले काम द्रुत गतिमा अघि बढने प्रतिबद्धता सहित लिखित सहमति भएको छ ।

६ लेन राजमार्ग अन्तरगत तरहराको चाकोशे हुँदै सेउती सम्म रोकिएको सडक मर्मतको काम आगामी ३ दिन भित्र सम्पन्न गर्ने र असार मसान्त भित्रै मुख्य कामहरू पनि सक्ने प्रतिबद्धता सहित लिखित सहमति भएको हो ।

उपमहानगरका मेयर हेमकर्ण पौडेलको कार्यकक्षमा भएको छलफलपछि यस्तो सहमति भएको हो । मेयर पौडेलले राजमार्ग निर्माण गर्ने बारे पटक पटक ठेकेदार कम्पनी सँग दबाब बढाए पनि सुनुवाइ नगरेकोले गत शुक्रवार गाडी नै नियन्त्रणमा लिएका थिए ।

ठेकेदार कम्पनीको गाडी नियन्त्रणमा लिएपछि ६ लेन सडक परियोजना प्रमुख , ठेकेदार कम्पनीका सञ्चालक दुबैलाई राखेर काम छिटो सक्ने प्रतिबद्धता सहित लिखित सहमति गराइएको उपमहानगरका प्रवक्ता तथा वडा नं ६ का वडाध्यक्ष दिवस पोख्रेलले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0