NSW News

५ जेष्ठ २०८१, शनिबार
ENGLISH

विवाहपञ्चमी आगामीनै रेल सञ्चालन हुनुपर्ने लोसपा पार्टीले धनुषाका प्रजिअ बास्तोलालाई बुझाए ज्ञापनपत्र

विवाहपञ्चमी आगामीनै रेल सञ्चालन हुनुपर्ने लोसपा पार्टीले धनुषाका प्रजिअ बास्तोलालाई बुझाए ज्ञापनपत्र

 

मंसिर ८ गते ।
जनकपुरधाम : विवाहपञ्चमी महोत्सव अगामी नै जनकपुरधाम–जयनगर रेल्वे सञ्चालन हुनुपर्ने  लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपालले माग गरेको छ ।

बुधबार धनुषाका प्रमुख जिल्ला अधिकारी बन्धु प्रसाद बास्तोलालाई ज्ञापनपत्र बुझाउँदै लोसपाका नेताहरु यस्तो माग गरेका हुन् । जनकपुरधाममा प्रत्येक बर्ष आयोजना हुँदै आईरहेको ऐतिहासिक, धार्मिक र सांस्कृतिक पर्व श्री रामजानकी विवाहोत्सव भारत लगायत विश्वकै हिन्दूहरुको आस्थाको पर्व र पर्यटकहरुका लागि महत्वपूर्ण अवलोकन गनतव्य रहेपनि रेल्वे सञ्चालन नहुँदा सबै ओझेलमा परेको लोसपाका कार्यकारिणी समिति सदस्य बृषेशचन्द्र लालले बताए ।

उनले भने,‘जनकपुर रेल्वेले यस धार्मिक आयोजनामा आस्थावान भक्तजन तिर्थालुहरुको यात्रामा अहम भूमिका निर्वाह गर्दै आएको थियो र आगामी दिनमा समेत महत्वपूर्ण योगदान दिने निश्चित छ । तर, यसको संचालन षडयन्त्रको शिकार भएको छ । सबै कुरो तयारी अवस्थामा रहे पनि राज्यको बक्रदृष्टिका कारण सञ्चालन भई रहेको छैन जसले गर्दा जनकपुर क्षेत्रको समग्र विकास समेत प्रभावित भईरहेको छ ।’

जनकपुर रेल्वे सञ्चालन भएमा जनकपुरधाम नेपालको व्यापारिक केन्द्र बन्ने, रोजगारका ठूला अवसरहरु खुल्ने, पर्यटकको विकास हुने, उद्योगधन्धाहरु खुल्न थाल्ने, जनकपुरधाम यातायातको केन्द्र बन्ने जस्ता कुराहरु समेत निश्चित हुँदाहुँदै पनि यसमा जानाजान अटेर भईरहेको र इन्जन, बोगी, ट्रयाक लगायत बिग्रिन थालेकोले हाम्रो ध्यान आकर्षित भएको लोसपाकी नेतृ विभा ठाकुरले बताइन ।

सरकारले जानाजान रेल्वे सञ्चालनमा अटेर गरे आफूहरुले दबाबमूलक आन्दोलनका कार्यक्रमहरु अगाडि बढाउन बाध्य हुने समेत उनीहरुले चेतावनी दिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0