NSW News

९ आश्विन २०८०, मंगलवार
ENGLISH

विवाह पञ्चमीको आज तेस्रो दिन यस्तो देखियो धनुष यज्ञ

विवाह पञ्चमीको आज तेस्रो दिन यस्तो देखियो धनुष यज्ञ

मंसिर १९ गते ।
जनकपुरधाम : राम जानकी विवाह पञ्चमी महामहोत्सवको आज तेस्रो दिन जनकपुरमा धनुष यज्ञ कार्यक्रम गरिएका छन्  ।

सो अवसरमा जनकपुरको जानकी मन्दिरको परिसरमा  बनाईएको मञ्चमा प्रतिकको रुपमा रहेका भगवान रामले धनुष तोडिएको छ ।

भगवान रामले धनुष तोडेपछि जम्मा भएका हजारौं व्यक्तिले जयकार नारा समेत लगाएका थिए । नाटकीय शैलीमा गरिने सो धनुष यज्ञमा त्रेता युग जस्तै विभिन्न राजकुमारहरुलाई राखिने गरिन्छ ।

सो अवसरमा जानकी मन्दिरका महन्थ राम तपेश्वर दास वैष्णव, उत्तराधिकारी महन्थ राम रोशन दास वैष्णव सहित जनकपुरका विभिन्न मन्दिरका संत महन्थहरु सहभागी भएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
1
+1
0
+1
0
+1
0