मंसिर २२ गते ।
जनकपुरधाम : रामजानकी विवाह पञ्चमी महोत्सवका लागि यसपालि विशेष सुरक्षा व्यस्था मिलाइएको छ । आज रामजानकी विवाह पञ्चमी महोत्सवमा भीड व्यवस्थापनलाई प्रमुख चुनौती मान्दै सुरक्षा व्यवस्थाको विभिन्न पैत्रा अपनाउने भएको छ ।
धनुषाका प्रहरी नायब उपनिरीक्षक ( डिएसपी ) जितेन्द्र कुमार बस्नेतको अनुसार भीडभाड र यात्रुहरुको चापलाई मध्यनजर गर्दै ड्रोन क्यामेरा र ५१ ओटा सिसि टिभी क्यामेराबाट पनि निगरानी गरिने छ । भीडमा कुनै अप्रिय घटना, लुटपाट, वा उच्छृंगल गतिविधि नहोस भनेर ड्रोन क्यामेराबाट निगरानी गरिने भएको छ । रँगभूमि मैदानमा प्रत्येक वर्ष हुने मोटो भीडलाई मध्यनजर गर्दै आकाशे सुरक्षा समेत मिलाइएको हो ।
नेपाल प्रहरी, सशस्त्र प्रहरीको हजारौं सुरक्षाकर्मी पोशाक र सादा पोशाक ( सिभिल ड्रेस) मा परिचालन गरिएको जनाइएको छ । यसका साथै, आजै नेपाली सेनाले हेलिकप्टरबाट पुष्पवृष्टि गर्ने कार्यक्रम पनि रहेको छ । भगवान राम र सीताको विवाह उत्सव कार्यक्रमको दौरान हेलिकप्टरबाट पुष्प वर्षा गरिने धनुषाका प्रहरी नायब उपरीक्षक बस्नेतले जानकारी दिए ।