NSW News

२० फाल्गुन २०८०, आईतवार
ENGLISH

वीरगञ्जबाट मोटरसाइकल चोरी गरेको आरोपमा एक युवक प्रहरीको नियन्त्रणमा

वीरगञ्जबाट मोटरसाइकल चोरी गरेको आरोपमा एक युवक प्रहरीको नियन्त्रणमा

 

माघ १९ गते ।
मधेश प्रदेश : वीरगञ्जबाट प्रहरीले एक युवकलाई मोटरसाइकल चोरी गरेको आरोपमा लिइएका छन् । वीरगञ्ज महानगरपालिका २ बस्ने २० वर्षीय महम्मद अली प्रहरीको नियन्त्रणमा परेका हुन् ।

मंगलबार राति १०ः२५ बजे वीरगञ्ज महानगरपालिका १५ भिस्वा चोकबाट अलीले मोटरसाइकल चोरी गरेको प्रहरीले बताएको छ । बाराको फेटा गाउँपालिका ३ बस्ने ३१ वर्षीय नरेशप्रसाद साहको नाममा दर्ता रहेको प्रदेश २–०३–०१२ प ५८६ नम्बरको मोटरसाइकल पार्किङ गरी राखेको ठाउँबाट हराएको थियो ।

लक तोडेर मोटरसाइकल लिएर भाग्दै गरेको अवस्थामा प्रहरी चौकी भिस्वाडाडाँबाट खटिएको गस्ती टोलीले उनलाई नियन्त्रणमा परेका बाराका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक ओम प्रकाश खनालले जानकारी दिए । प्रहरीका अनुसार उनी विरुद्ध चोरी सम्बन्धी कसूरमा थप अनुसन्धान भइरहेको जिल्ला छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0