काठमाण्डाै । धेशी आयोगका अध्यक्ष डा.विजयकुमार दत्तले वैदेशिक रोजगारको नाममा विदेश पुगेर ठगिएको र त्यहाँ विभिन्न समस्याहरु बाट पीडित मधेशी समुदायका दिदीभाई तथा दाजुबहिनीहरुलाई यथाशिघ्र उद्दार गरेर न्याय दिलाउन परराष्ट्र मन्त्री डा.नारायण खडकालाई आग्रह गर्नुभएका छन् | परराष्ट्र मन्त्रालयमा आयोगका अध्यक्ष डा.दत्त र मन्त्री खड्का बीच भएको औपचारिक भेटघाटमा अध्यक्ष डा.दत्तले आयोगमा वैदेशिक रोजगारी सम्बन्धी विभिन्न किसिमको उजुरी आउने गरेको र सो समस्याहरुलाई परराष्ट्र मन्त्रालयले बिना ढिलासुस्ती गरी प्रभावकारी रुपमा सम्बोधन गरी समाधान गर्नको लागि सम्बन्धित निकायहरुलाई निर्देशन गरिदिन समेत आग्रह गरेका छन् |
अध्यक्ष डा.दत्तले सबैभन्दा बढी तराई मधेश बाट बैदेशिक रोजगारमा जाने गरेको र समस्याहरु धेरै आउने गरेकोले आफु सो प्रति गम्भीर रहेको बताएका छन् | अध्यक्ष डा.दत्तले विदेश स्थित नेपाली दुतावासहरुले त्यहाँ रोगजार वा विभिन्न सिलसिलामा पुग्नुभएकाहरुलाई समस्या पर्दा प्रभावकारी रुपमा त्यहाँका सरोकारवाला निकायहरु संग समन्वय गरी समस्यालाई तुरुन्त समाधान गर्नुपर्ने बताउनुभएका छन् |
परराष्ट्र मन्त्री खडकाले आफु र मन्त्रालय सो प्रति सचेत रहेको र पीडितलाई न्याय दिलाउन कुनै कमी कमजोरी नाआउन दिने बताउनुभएका छन् | उनले आयोग र मन्त्रालय एक आपसमा समन्वय गरेर त्यस्ता आएका उजुरीहरुलाई सक्दो छिटो समाधान तर्फ लग्ने प्रतिबद्धता व्यक्त गरेका छन् |