NSW News

३ श्रावण २०८१, बिहीबार
ENGLISH

वैदेशिक रोजगारीमा रोमानिया पठाइदिन्छु भन्दै ठगी गर्ने ससिनकुमार थापा पक्राउ

वैदेशिक रोजगारीमा रोमानिया पठाइदिन्छु भन्दै ठगी गर्ने ससिनकुमार थापा पक्राउ

काठमाडौँ ।
वैदेशिक रोजगारीमा रोमानिया पठाइदिन्छु भन्दै ठगी गरेको आरोप एक जना युवक पक्राउ परेका छन् । पक्राउ पर्नेमा बर्दिया घर भई हाल काठमाडौँको बाफल बस्ने २९ वर्षीय ससिनकुमार थापा रहेका छन् । थापाले सन्तोष गुरुङसमेत दुई जनालाई प्रतिष्ठित होटलमा जागिर लगाइदिने भन्दै रोमानिया पठाउने प्रलोभन देखाएर ४ लाख रुपैयाँ ठगी गरेको आरोप छ ।

सो रकम लिएर उनी सम्पर्कविहीन भएपछि वैदेशिक रोजगार विभागले उनलाई पक्राउ गर्न काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयलाई पत्राचार गरेको थियो ।कार्यालयको टोलीले थापालाई गत १७ गते बाफलबाट पक्राउ गरी थप अनुसन्धान र कारबाहीका लागि वैदेशिक रोजगार विभाग ताहाचल पठाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0