NSW News

३ श्रावण २०८१, बिहीबार
ENGLISH

वैशाख १७ गतेलाई बालविवाहविरुद्धको दिवस मनाउने घोषणा

वैशाख १७ गतेलाई बालविवाहविरुद्धको दिवस मनाउने घोषणा

जनकपुरधाम ।
मधेस प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले वैशाख १७ गतेलाई बालविवाहविरुद्धको दिवस मनाउने घोषणा गरेका छन् ।
जनकपुरधाममा आइतवारदेखि सुरु भएको दुई दिवसीय मधेश बालिका सम्मेलन- २०८० लाई उद्घाटन गर्दै मुख्यमन्त्री यादवले यस्तो घोषणा गरे । उनले बालविवाहविरुद्धको दिवस हरेक वर्ष वैशाख १७ मा मनाउन प्रदेश सरकारले औपचारिक रुपमा निर्णय गर्ने प्रतिवद्धता जनाए ।

उनले सन् २०३० सम्म मधेश प्रदेशलाई बालविवाह मुक्त बनाउन रणनीतिक योजना ल्याएको जानकारी दिए । उनले भने, ‘१० वर्षे रणनीतिक योजना र बाल सहभागिता कार्यविधि स्वीकृत भइसकेको छ । अब प्रदेशमा बालविवाह अन्त्य गर्ने अभियानलाई तदारुकताका साथ अघि बढाइनेछ ।

मुख्यमन्त्री यादवले प्रदेशका बालिकालाई सशक्त बनाउन ‘बेटी पढाउ, बेटी बचाउ’ अभियान संचालनमा रहेको तर सो अभियानबाट चाहेको अनुरुप प्रतिफल प्राप्त हुन नसकेको स्वीकार गरे ।

लाइफ नेपाल नामक संस्थाको समन्वय तथा करिब दुई दर्जन संघसंस्थाको सहयोगमा महिला, बालबालिका, युवा तथा खेलकूद मन्त्रालयले मधेस बालिका सम्मेलन-२०८० आयोजना गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0