काठमाडौँ — त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट भारतको बेंग्लोरका लागि उडान भर्न लागेको नेपाल वायु सेवा निगमको विमान चालकको अभाव देखाउँदै उडान रद्द गरिएको छ ।
करिब १ सय ३९ जना यात्रुसहित बिहीबार दिउँसो १ बजेर ४५ मिनेटमा उड्नुपर्ने जहाज क्याप्टेन उपलब्ध नहुने भएपछि रद्द गरिएको हो । तर अन्तिम समयमा यात्रुलाई समेत पूर्व जानकारी नदिई उडान रद्द भएको हो । तर ज्वारचनले भने अदालतमा पेसी रहेकोले आफूले उडान हिजो नै रद्द गरेको बताए ।
बेंग्लोर जान लागेका एक यात्रुले अहिलेसम्म आफूलाई उडान रद्द भएको बारे कुनै जानकारी नदिएको बताए । विदेशबाट मंगलबार काठमाडौं आएको र घरायसी कामका लागि परिवारसहित बेंग्लोर जान लागेको र उडान रद्द भएपछि अन्योलमा परेको उनले बताए ।
अपरेसनल कारण देखाउँदै बेंग्लोरको उडान रद्द गरेपछि उक्त रुटका यात्रुहरुलाई रिरुट गरी निगमले आफ्नो दिल्लीको नियमित दुई उडानबाट दिल्ली हुँदै बेंग्लोर पठाएको छ । त्यसअघि बिहानै अर्जेन्ट भएका यात्रुलाई भिस्तारा एयरमार्फत दिल्ली हुँदै बेंग्लोर पठाएको थियो । अर्जेन्ट नभएका यात्रुहरुलाई भने शनिबारको नियमित बेंग्लोर उडानमा राखिएको निगमको कमर्सियल विभागले जनाएको छ । यस्तै उताबाट आउनेलाई पनि रिरुट गरी दिल्ली हुँदै काठमाडौं ल्याइएको छ । त्यसका लागि निगमले दिल्लीको नियमित उडानमा दुवैपटक वाइडबडी पठाएको थियो । यसबाट निगमलाई कति घाटा भयो भन्ने बारे यकिन भने नभइसकेको निगमका एक निर्देशकले बताए ।
व्यवस्थापकीय कमजोरीका कारण निगमलाई घाटा यात्रुलाई सास्ती निगमको जहाजले बेंग्लोर जाने क्याप्टेन नै पाएन

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1
+1
+1