सप्तरी
नविन यादव
राजविराज, १६ माघ । शहिद दिवसको अवसरमा शहिद प्रभुनारायण यादवको शालिकमा आईतबार माल्यार्पण गर्नु भएको छ।
प्रत्येक वर्ष झै यस वर्षको पनि शहिद दिवसको अवसरमा सप्तरीका स्थानीय तहका कर्मचारी , जनप्रतिनिधि, राजनीतिकर्मी, युवा नेता , पत्रकारहरूले शहिद प्रभुनारायण यादवको माल्यार्पण गरेका छन् ।
जिल्ला समन्वय समितिको परिसर भित्र निर्माण गरिएको शालिकमा जिल्ला समन्वय समितिका प्रमुख प्रभाकर यादव, राजविराज नगरपालिकाका मेयर शम्भु प्रसाद यादव, लोसपा सप्तरीका अध्यक्ष सुनिल झा, नेपाल निजामति कर्मचारीहरुको आधिकारिक ट्रेड युनियन सप्तरीका अध्यक्ष अजयकुमार झा लगायतले सहिद यादवको शालिकमा माल्यार्पण गरेका छन्। उनीहरुले कर्मचारी सहिद यादवले गरेको योगदानको चर्चा गर्दै आम कर्मचारीले उनीबाट प्रेरणा लिनुपर्ने बताए।
यादव तत्कालिन जिल्ला विकास समितिको कार्यालयमा नायब सुब्बा पदमा कार्यरत थिए। उक्त अवसरमा उनीसँग कार्यरत कर्मचारीहरुको उल्लेख्य सहभागिता रहेको थियो।
सोही अवसरमा शहिदका जेठो छोरा राधेश्याम यादवले बुवाको योगदानलाई जिवन्त राखी राख्छौ बताउनु भएको छ । तत्कालिन जिल्ला विकास समिति राजविराज स्थित कार्यालयको काम सकेर घर फर्किने क्रममा २०६४ साल कार्तिक १२ गते राजविराज–हनुमाननगर सडकखण्ड खाँडो खोला पुल नजिक अज्ञात समूहले गोली हानी हत्या गरेको थियो ।