राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले आफ्नो दलले भ्रष्टाचार नसहने र भ्रष्टाचारी कसैलाई नछाड्ने बताएका छन् । शनिवार चितवनमा गरिएको भेलालाई सम्बोधन गर्दै लामिछानेले भ्रष्टाचारमा जोडिएका नेता, कर्मचारी, व्यापारी सबैलाई अनुसन्धानको दायरामा ल्याउने बताएका हुन् ।
उनले भने–‘भ्रष्टाचारी सम्पूर्ण चल, अचल सम्पत्ति जफत गरी राष्ट्रियकरण गरिनेछ । मुद्दा छिटो छरितो फैसला गर्नका लागि फास्ट ट्रयाक अदालत गठन गरिनेछ । वर्षौँदेखि थन्किएर बसेका मुद्दाको छिटो फैसलाको वातावरण बनाइनेछ, लैङ्गिक अल्पसङ्ख्यक, बालिका, महिला बलात्कारका मुद्दा छिटो फैसला गर्नका लागि फास्ट ट्रयाक अदालत गठन गरिनेछ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1
+1
+1